×

NMB BANK
NIC ASIA

अस्पताल जान नमानेपछि सडकपेटीमा जन्मिए जुम्ल्याहा, दुई दिनकी सुत्केरी माग्न हिँड्ने तयारीमा

माघ १, २०७४

NTC
Premier Steels

काठमाडौं, १ माघ– आइतबार राति वीरगञ्जको अमरपट्टी स्वास्थ्यचौकीका इन्चार्ज जयमोद ठाकुर स्वास्थ्यचौकीबाट घर फर्कदै थिए । घर फर्कने क्रममा सडकपेटीको दुवै तर्फ लामबद्ध भएर केही मानिस पुसको चिसोकाबीच सडकपेटीमा सुतिरहेका थिए । लामवद्ध भएर सुतिरहेका मानिसको समूहमा एक महिला चिच्याएपछि ठाकुर एक छिन रोकिए र त्यस तर्फ गए । 

Muktinath Bank

त्यहाँ पुगेपछि उनले थाहा पाए, एक महिला सुत्केरी व्यथाको पीडामा रोइरहकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकपेटीमा रहेकाहरु भारतको विहार मोतिहारीबाट माघे संक्रान्तिको अवसरमा नेपालमा माग्न आएकाहरुको समूह थियो । 


Advertisment
Nabil box
Kumari

‘म स्वास्थ्यचौकीबाट फर्कर्दै थिए । सडकको दुबैपट्टि एउटै परिवारका आठ,दश जना गरी ५० जना जति कडोरियाहरु सुतिरहेका थिए । नजिकै सडकपेटीमा प्रसव पिडामा एकजना महिला चिच्याउदै थिइन् ।’ ठाकुरले लोकान्तरसँगको कुराकानीमा भने, ‘मैले नजिकै रहेको एडभान्स अस्पतालको नर्सलाई बोलाए । हामीले अस्पतालमा लैजान खोज्दा उनीहरुले अस्पताल जान मानेनन् । अस्पताल जान नमानेपछि  एडभान्स अस्पतालकी नर्स रञ्जु झा र सहायक मेनुका घिमिरे बहिनीले सडक पेटी मैं सुत्केरी गराउनुभयो ।’

Vianet communication

अस्पतालबाट नर्स रञ्जु आएपछि महिलाहरुको समूहले उनलाई प्रशव वेदनाबाट छटपटाइरहेकी महिलालाई छुन समेत दिएनन् । तर पछि आफूहरु अस्पतालबाट आएको भनेपछि मात्र उनीहरुले नर्सलाई त्यहाँ जान दिएका थिए ।

‘उनीहरुको समुदाय नै त्यहा भएपनि सुत्केरो लाग्छ भनेर अरु महिलाहरुलाई छुन नदिएका रैछन् । हामी पुग्दा दुईजना महिला छुइन्छ भनेर पुरै कपडा खोलेर ती महिलालाई सुत्केरी गराउन लागेका थिए ।’  स्वास्थ्यकर्मी ठाकुरले भने,‘ ती महिलाले अस्पताल जान नमानेपनि औषधि र सुइ भने लागाउन मानिन् ।’२४ वर्षीया श्रीदेवी कडोरियाले लामो प्रशव पीडापछि जुम्ल्याहा शिशुलाई जन्म दिइन् । 

सडकमै सुत्केरी भएकी कडोरिया चिसो सडकपेटीमा बस्नुपर्ने भएपछि स्वास्थ्यकर्मी ठाकुरले उनीहरलाई आफै घरबाट सिरक र आमा बच्चालाई चाहिने कपडा ल्याएर दिएका थिए । 

विहान नवजात शिशु र सुत्केरीको अवस्था बुझ्न ठाकुर पुगे । उनी त्यसबेला अचम्ममा परे राति सुत्केरी भएकी महिला दुई नवजात शिशुलाई च्यापेर माग्न हिड्ने तयारी गर्दै थिइन् । ठाकूरले उनलाई शिशुको अवस्था विग्रिएको भन्दै माग्न नहिड्न धेरै आग्रह गरेपछि मात्र उनीहरु अस्पताल जान तयार भए । 

‘बच्चाको स्वास्वास्थ्य अवस्था राम्रो नभएकोले हामीले निशुल्क उपचार गरिदिन्छौं भनेपछि बल्लबल्ल अस्पतालमा बच्चालाई लैजान दिए । आमा विहान पनि सडकपेटीमा उनकै समुदायसँग थिइन् ।’ ठाकुरले लोकान्तरसँग भने, ‘सुत्केरी हुँदा पोसिलो खाना न्यानो कपडा लगाउँनुपर्छ भन्ने नै थाहा रहेनछ, मैले नै तेल र केही कपडाहरु विहान पनि लगिदिए । तेल त सासुले पो लगाइन् । सुत्केरी महिलाको अवस्था कस्तो छ भनेर मैले बुझ्न खोजे उनले त अब आफु माग्न जाने बताइन । म त अचम्मित भए ।’

नेपालमा संक्रान्ती पर्व शुरु भएकाले ती सुत्केरी महिलासहित उनका समुदायका करिव ५० जना कडोरिया जातीका मानिहरु  माग्नका लागि नेपाल थिए । भारत सरकाले आवास सुविधा दिएको भएपनि उनीहरू मागेर जीवन विताउने  गर्कछन् । कडोरिया जाती नेपालमा दशै, तिहार र माघी पर्वमा माग्न आउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x