माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
काठमाडौं, ५ चैत– लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका फरार ‘माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङे अहिले इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार, प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनाङेलाई खोजी गर्न नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी गरेको हो ।
यो सँगै मनाङेलाई अब १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्च अदालतले गत माघ २ गते सोही फैसलाको पक्षमा आदेश जारी गरेपछि प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आयो ।
सर्वोच्चको फैसला आएसँगै मनाङे फरार छन् । उनले प्रदेश सांसदको रुपमा शपथसमेत लिएका छैनन् । दिपक मनाङे रेडकर्नर सूचीमा पर्ने पछिल्लो नेपाली हुन् । प्रवक्ता नेउपानेका अनुसार मनाङेभन्दा अघि १४ जना नेपालीलाई प्रहरीले रेडकर्नर नोटिस जारी गरेर खोजीरहेको छ ।
यी हुन् नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेका नेपाली
भुपेन्द्र खड्का, काठमाडौं भक्तबहादुर लामा, नुवाकोट विष्णुबहादुर लामा, नुवाकोट रामबहादुर तामाङ, नुवाकोट केशव दर्लामी मगर, धनकुटा फकिर रियाज, रुपन्देही अंगवीर बोहोरा, दार्चुला रामकुमार यादव, सर्लाही | पशुपतीनाथ शुक्ला, कपिलवस्तु रुद्र अचार्य, चितवन एमडी सकिल हुसेन, सप्तरी ओकेन्द्रबहादुर सिंह, बाजुरा पवन कुमार कार्की, काठमाडौं जीवनबहादुर अधिकारी, कास्की दिपक मनाङे उर्फ राजीव गुरुङ, मनाङ |
नेपाल बाहेक अन्य देशका प्रहरीले पनि ७९ जना नेपालीलाई इन्टरपोलको रेडक कर्नर नोटिसमा राखेर खोजीरहेको छ । यस मध्ये भारत प्रहरीले २८ जना, अमेरिकी प्रहरीले ५ जना, आबुधावी प्रहरीले १५ जना, कतारको प्रहरीले ९ जना, साउदी अरेबियाको प्रहरीले ३ जना, मिन्स अर्थात बेलारुस, पोर्चुगल, पोल्यान्ड र बहराइनको प्रहरीले १–१ जनालाई इन्टरपोलमार्फत खोजिरहेको छ । यीमध्ये रेडकर्नर नोटिसमा मात्रै २८ जना नेपाली छन् ।
यी हुन् विदेशबाट रेडकर्नर नोटिस जारी भएका नेपाली
विपिन विष्ट हरिहर भुसाल राजेश क्षेत्री तहिर साह देवी ओली तुलराम बहादुर विरेन्द्रबहादुुर थापा चक्रसिंह ठकुरी राजेश बहादुर | अनुप प्रधान विनिता प्रधान नुरमहोमद अन्सारी सुर्यबहादुर तामाङ मनोजकरण जैगादी उमेश सापकोटा छिरिङ टासी कृष्णबहादुर औजी राजेन्द्रबहादुर | अविशेष सिंह रमेश बहादुर प्रेम सिंह माधवी श्रेष्ठ खुमराज थापा नन्नु मगर चित्रइन्द्रबहादुर साउद शिवराज फुलचन्द शर्मा डोलबहादुर राजबहादुर शाही भिमे दमाइ |
प्रहरी प्रवक्ता न्यौपानेका अनुसार, चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कारजस्ता गम्भीर अपराधमा मुछिएको भन्दै उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो । नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ । नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल भन्छन्, ‘विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा भने फर्काउन सकिन्छ । तर, अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परे पनि पक्राउ गरेर पठाउन भने मिल्दैन ।’
सुपुर्दगी कानून नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने भएको हो । नेपालमा सुपुर्दगी कानुन छैन, नेपाली नागरिकलाई दोस्रो मुलुकमा पठाउन मिल्दैन । तर, त्यो देशमा नेपालीले गरेको अपराध बमोजिम यहाँ पक्राउ गरेर सजाय दिन सकिन्छ । नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको छ ।
के हो रेड कर्नर नोटिस ?
सूचना र प्रविधिको विका सँगै अपराध पनि अन्तर्राष्ट्रिय स्तरमा झाङ्गिदै गयो । यसरी बढेको अपराधको भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि इन्टरपोल गठन भएको हो । मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनबीच सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो । सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको १०० औं सदस्य हो । इन्टरपोलमा हालसम्म १ सय ९२ देश सदस्य छन् ।
पूर्व एआइजी ढकालका अनुसार, इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।
सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानूनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोही अनुरूप खोजी कार्य हुन्छ ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...