बैशाख २९, २०८१
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
काठमाडौं, १५ जेठ – बुढ्यौलीले चाउरी परेको अनुहार, निधारमाथि खस्नै लागेको ढाका टोपी, हल्का गुलाबी रंगको शर्ट, कालो स्वेटर अनि खुट्टामा चप्पल । यस्तै हुलियामा न्युरोडभित्रको गल्लीमा एक वृद्ध हातमा नाम्लो लिएर बसिरहेका थिए । सायद भारी कुरेको हुनुपर्छ । अनुहारमा थकान प्रष्टै देखिन्थ्यो ।
नजिक गएर मैले प्रश्न गरें, ‘बुबा नाम्लो लिएर बस्नुभएको छ, भारी कुर्नुभएको हो ?
उनले तुरुन्तै जवाफ फर्काए– ‘हो नानी भारी बोक्न बसिरहेको छु ।’
उनले आफ्नो नाम रामबहादुर घले रहेको बताए । नुवाकोट त्रिशूली स्थायी घर भएका उनी विगत ५ वर्षदेखि काठमाडौंमा भारी बोक्ने काम गर्दै आएका रहेछन् ।
घरमा छोराछोरी र श्रीमती रहेको बताएका घलेले भारी बोकेर कमाएको पैसा घरमा पठाउँछन् ।
‘धेरै छन् यहाँ भारी बोक्नेहरू, आजभोलि धेरै भारी नै पाइँदैन, दिनमा ४/५ सय मात्र कमाइ हुन्छ,’ घलेले लोकान्तरसँग भने, ‘बुढो भइयो, धेरै ठूलो भारी बोक्नै सकिन्न, अहिले त खुट्टा काँप्छ ।’
छोराछोरीको पढाइ खर्च र परिवारको दैनिकी भारी बोकेरै चलेको भन्दै उनले काम नगरी छाक टार्न मुस्किल हुने बताए ।
सडकपेटीमा नाम्लो बोकेर भारीको पर्खाइमा बसिरहेका घलेलाई गणतन्त्र भनेको के हो नै थाहा रहेन छ ।
‘चुनाव आउँदा भोट हाल्न त गएको हो, आफूले दुःख नगरी खान पाइँदैन,’ उनले भने, ‘भारी बोक्छु, घरमा बालबच्चा छोराछोरी छन्, उनीहरूलाई खान लाउन दिनुपर्यो, गणतन्त्र भनेको खै के हो कुनी थाहा छैन ।’
...................
आज गणतन्त्र दिवस । विक्रम सम्वत् २०६५ साल जेठ १५ गते अर्थात् आजकै दिन राजतन्त्रको अन्त्य गरी नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्र घोषणा गरिएको थियो ।
नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेपछि जनताका छोराछोरीले राष्ट्र प्रमुख हुने अवसर पाए । जनताले चुनेका प्रतिनिधि नै राष्ट्रप्रमुख र सरकार प्रमुख भए । तर गणतन्त्र आएको १० वर्ष बितिसक्दा पनि धेरै नेपाली जनताले अझै यसको अनुभूति गर्न भएका छैनन् ।
रामबहादुर घलेजस्तै गरीब र दैनिक ज्यालामजदूरी गरेर जीवन गुजार्दै आएकाहरू देशमा गणतन्त्र आएको भनिए पनि आफूहरूले त्यसलाई अनुभूत गर्न नपाएको गुनासो गर्छन् ।
‘देशमा गणतन्त्र आएको १० वर्ष भइसक्यो भन्छन्, जनताका छोराछोरी राष्ट्रमा पुगे भन्छन्, तर हामीजस्तो गरीबलाई गणतन्त्र आएर केही भएको छैन,’ न्युरोडमा भारी बोक्दै आएका दिलबहादुर मगरले लोकान्तरसँग भने, ‘बिहानदेखि साँझसम्म भारी बोक्ने काम गर्छौं, भारी बोक्न पाएको दिन खान पाउँछौं, त्यही पनि पाइएन भने कसरी गुजारा चलाउने भन्ने चिन्ता हुन्छ । देशमा परिवर्तन आएपनि हाम्रो दैनिकी उस्तै छ ।’
सिन्धुलीका दिलबहादुर विगत पाँच वर्षदेखि न्युरोड सडक परिसरमा पसलहरूमा भरियाको काम गर्दै आएका छन् । बिहान जुरुक्क उठेर सडकमा निस्किएका मगर रातको ९ बजेसम्म पसलको सामान ओसारपोसारको काम गर्छन् । मगरले एउटा भारी बोकेबापत एक सय रुपैंया पाउँछन् । भारी बोकेरै कमाएको पैसाले दुई छोराको पढाइ खर्च र घर परिवारको दैनिकीमा खर्च गर्दैमा ठिक्क हुन्छ ।
गणतन्त्र आएपनि आफ्नो जीवनमा कुनै परिवर्तन नआएको उनी बताउँछन् ।
‘हुने खानेका लागि त गणतन्त्रले राम्रो गर्यो होला, हामीजस्तो गरीबलाई केही पनि भएको छैन, दुःखै–दुःखमा जिन्दगी बित्न लाग्यो,’ उनले भने, ‘छोराछोरीलाई राम्रोसँग पढाउन पाए, हामी गरीबलाई केही रोग लाग्यो भने उपचार खर्च हुँदैन, हामी मजदूरहरूलाई बिरामी हुँदा निःशुल्क उपचार गर्ने व्यवस्था सरकारले गरिदिए हुन्थ्यो ।’
न्युरोडदेखि असन, महाबौद्ध, विशाल बजारका भित्री गल्लीमा धेरै पसलहरू छन् । मगरजस्तै दिनभर सडकमा भारीको पखाईमा नाम्लो बोकेर बस्नेहरूको संख्या धेरै नै छ । दैनिकी चलाउने र बालबाच्चाको पढाइको जिम्मेवारीसँगै आफूभन्दा ठूला भारीहरूको बोझ उनीहरूको थाप्लोमा हुन्छ ।
न्यूरोड गेटमा भेटिएका ८५ वर्षीया गंगालाल काफ्ले पनि गणतन्त्रले जनाताको जीवनमा परिवर्तन नल्याएको बताउँछन् ।
‘पञ्चायती व्यवस्था हुँदा बरु गरीब जनताले अर्काको जमिन कमाएर भने पनि खान पाउँथे, अहिले त साहुहरूको खेतबारी पनि बाँझो छ, काम गर्न पाइँदैन,’ काफ्लेले गुनासो गरे, ‘खै के गणतन्त्र आयो भन्नु ? जनतालाई दुःख उस्तै छ ।’
रत्पार्कमा भेटिएकी उदयपुरकी गीता फुँयालले सर्वसाधारण जनताले गणतन्त्र आएको आभाष पाउन नसकेको गुनासो गरिन् ।
‘जनताले भोट दिएर चुनिएका राष्ट्रपति, प्रधानमन्त्री सवार हँुदा त हामीले घण्टौंसम्म रोकिनुपर्छ, कसरी आयो भन्नु गणतन्त्र ?’ उनले प्रश्न गरिन् ।
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...