×

NMB BANK
NIC ASIA

काठमाडौं, १४ असार – चालू आर्थिक वर्षको बैशाखसम्म व्यापार घाटा बढेर ९ खर्ब नाघेको छ ।

Muktinath Bank

चालू आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि बैशाख मसान्तसम्म व्यापार घाटा बढेर ९ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा ब्यापार घाटा २२ दशमलव ८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षमा समग्र निर्यात व्यापारमा सामान्य सुधार भएपनि आयातमा भएको अत्यधिक वृद्धिका कारण व्यापार घाटा बढेको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रका अनुसार आर्थिक वर्ष २०७४/०७५ को बैशाखसम्म वैदेशिक व्यापार २० दशमलव ८ प्रतिशतले बढेको छ । कूल व्यापार गत आर्थिक वर्ष २०७३/०७४ को सोही अवधिको तुलनामा २० दशमलव ८ प्रतिशतले बृद्धि हुँदै १० खर्ब ४९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । व्यापारमा निकासीको योगदान ६ दशमलव ३ प्रतिशत तथा पैठारीको योगदान ९३ दशमलव ७ प्रतिशत रहेको केन्द्रले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

समीक्षा अवधिमा नेपालको कुल निर्यातमा ८ दशमलव ५ प्रतिशतले वृद्धि भई ६६ अर्ब ५२ करोड रुपैयाँ र आयातमा २१ दशमलव ७ प्रतिशतले वृद्धि भई ९ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको बैशाखसम्म निकासी—पैठारी व्यापार १ अनुपात १३ दशमलव २ भएकोमा चालू आवको सोही अवधिमा निकासी-पैठारी व्यापार १ अनुपात १४ दशमलव ८ पुगेको केन्द्रले जनाएको छ ।

Vianet communication

समिक्षा अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, फेल्टका सामान, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पश्मिना सल, जडिबुटी लगायत रहेका छन् । 

गत वर्षको समिक्षा अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ७ दशमलव २ प्रतिशतले ह्रास आई ५ अर्ब ७२ करोड रुपैयाँमा झरेको र तयारी पोशाकको निर्यातमा ९ दशमलव ६ प्रतिशतले वृद्धि भई ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । फलाम तथा स्टील र तिनका उत्पादनको निर्यातमा १ दशमलव १ प्रतिशतले ह्रास आई ४ अर्ब ५६ करोडमा झरेको, पोलिस्टर तथा अन्य धागोमा २२ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । मुसुरोको दालमा ६ दशमलव ९ प्रतिशतले वृद्धि भई ७७ करोड ५१ लाख रुपैयाँ पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

समिक्षा अवधिमा ७२ करोड बराबरको छाला, ४ अर्ब २९ करोडको अलैंची, २ अर्ब ६० करोडको चिया, ५९ करोड १४ लाखकोे अदुवा, ६४ करोड २६ लाखको चाउचाउ, ८९ करोड ३० लाखको जडिबुटी, ७१ करोड ४७ लाखको टुथपेस्ट, २ अर्ब ६३ करोडको टेक्सटाइल, १ अर्ब ८१ करोडको पश्मिना सल, ५३ करोड ९५ लाखको हस्तकलाका सामान र ४४ करोड ९७ लाख रुपैयाँको नेपाली हाते कागज निर्यात भएको छ । नेपालको निर्यात व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, चीन, जर्मनी, युके, इटाली, फ्रान्स, युएई, बंगलादेश, जापान, क्यानडा, अस्ट्रेलिया र भियतनाम प्रमुख छन् ।

आयाततर्फ चालू आर्थिक वर्षको बैशाखसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ३४ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ३३ अर्ब ९७ करोड रुपैयाँ, फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा ३१ दशमलव १ प्रतिशतले वृद्धि भई १ खर्ब १० अर्ब ३८ अर्ब रुपैयाँ, यातायातका साधन र तिनका पार्टपूर्जामा ० दशमलव ६ प्रतिशतले वृद्धि भई ६८ अर्ब ९० करोड रुपैयाँ, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा ९ प्रतिशतले वृद्धि भई ३५ अर्ब ४८ करोड रुपैयाँ, औषधिमा १३ दशमलव २ प्रतिशतले बृद्धि भई २२ अर्ब २५ करोड रुपैयाँ, मेसिनरी तथा पार्टस्मा ५४ प्रतिशतले वृद्धि भई १ खर्ब ५ अर्ब १८ करोड रुपैयाँ, पोलिथिन ग्रेन्युल्समा १९ दशमलव ५ प्रतिशतले वृद्धि भई १५ अर्ब ७३ करोड रुपैयाँ, कच्चा पाम आयलमा १ दशमलव ४ प्रतिशतले ह्रास आई ३ अर्ब ८८ करोड रुपैयाँ, दूरसञ्चारका सामाग्रीमा ७ दशमलव ७ प्रतिशतले बृद्धि भई २७ अर्ब ६० करोड रुपैयाँ भएको छ ।

समिक्षा अवधिमा २५ अर्ब ३३ करोड रुपैयाँ बराबरको सुन, १० अर्ब १८ करोड रुपैयाँको चाँदी, १२ अर्ब ६७ करोड रुपैयाँ बराबरको कच्चा भटमासको तेल आयात भएको छ । सो अवधिमा सिमेन्ट क्लीङ्कर २३ अर्ब ७ करोड रुपैयाँ र अन्न ३६ अर्ब ३६ करोड रुपैयाँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । नेपालको आयात व्यापारमा भारत, चीन, भियतनाम, इण्डोनेसिया, थाइलेण्ड, अर्जेन्टिना, दक्षिण कोरिया, मलेसिया, संयुक्त राज्य अमेरिका, साउदी अरब, युएइ, जर्मनी, फ्रान्स र जापान प्रमुख रुपमा छन् । 

नेपालका प्रमुख व्यापारिक साझेदार देशमध्ये निर्याततर्फ प्रमुख गन्तव्यमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादन, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको छ । अमेरिकातर्फ ऊनी गलैंचा, तयारी पोशाक, काँचका सामान, पश्मिना सल, फेल्टका सामान, छुर्पी, हस्तकलाका सामान प्रमुख रुपमा निर्यात भएका छन् । जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामान, चिया, टोपी, सुतीका झोला, हस्तकलाका सामान, कागजका उत्पादन र ट्रान्सफर्मर निर्यात भएको छ ।

बेलायततर्फ ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामान, कागजका सामान, टोपी, हस्तकलाका सामान, सुती झोला र तयारी चाउचाउ उल्लेख्य मात्रामा निर्यात भएका छन् । टर्कीतर्फ धागो उल्लेख्य रुपमा निर्यात भएको तथ्याङ्कमा छ । पछिल्ला वर्षमा धागो, छुर्पी, मासु तथा फेल्टका सामान उल्लेख्य रुपमा निकासी भइरहेको छ । सोमध्ये फेल्टका सामान युरोपेली देश तथा अमेरिकातर्पm निकासी भइरहेको छ भने धागो टर्कीतर्फ, छुर्पी अमेरिका र मासु भियतनामतर्फ उल्लेख्य रुपमा निकासी भइरहेको तथ्याङ्कमा छ ।

आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पार्टपूर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको छ । आयात व्यापारमा दोस्रो स्थानमा रहेको चीनबाट हुने आयातमा दूरसञ्चारका सामाग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपूर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x