×

NMB BANK
NIC ASIA

सरकार र सीके राउतबीचको सम्झौता राष्ट्रघाती : सभापति देउवा

फागुन २८, २०७५

NTC
फाइल फोटो
Premier Steels

पोखरा- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले विखण्डनकारी सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउन राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

Muktinath Bank

नेपाल प्रेस युनियन कास्कीले मंगलवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले देश टुक्र्याउने र जनमत संग्रह माग्दै हिँड्ने सीके राउतसँग सरकारले मूलधारमा ल्याउँदा देश टुक्रिन सक्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रधानमन्त्री ओली र सीकेराउतले हस्ताक्षर गरेलगत्तै सीके राउतले जनमत संग्रहमा सहमति भएको कुरा बाहिर आएको बताउँदै यस्ता देशद्रोहीलाई सरकारले मूलधारको राजनीतिमा ल्याउनु गतल भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘प्रधानमन्त्री र सीके राउतबीचको सहमतिलगत्तै जनमत संग्रहको कुरा गर्नेलाई हामी कसरी स्वीकार्न सक्छौं,’ सभापति देउवाले भने, ‘यस विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिएका छैन । जनकपुरमा जनमत संग्रहको नारा घन्किछ ।’ 

Vianet communication

सरकारले देश टुक्राउने गरी गरेको सम्झौता आफ्नो पार्टीले कुनै पनि हालतमा मान्य नहुने नेता देउवाले बताए । सीके राउतसँग गरिएको सम्झौता राष्ट्रघाती कदमको रूपमा आफूहरूले लिएको उनले बताए । सीके राउतसँग सम्झौता गर्दा समेत सरकारले आफूहरूसँग छलफल नगरेको सभापति देउवाले आरोप लगाए ।

सरकारले फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताए । उनले भने, 'प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने अधिनायकवादतर्फ जान्छ ।' आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको टिप्पणी गरे ।

सरकारले एक वर्षमा देखाउन लायक एउटा पनि काम नगरेको आरोप लगाउँदै सभापति देउवाले अब कांग्रेसले सरकारका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए । सडकदेखि सदनसम्म सरकारविरुद्ध आवाज उठाउँदै आएको उनले बताए । ‘सरकारले विभिन्न नाउँमा संघीयतालाई असफल बनाउन लागिरहेको छ । यो कांग्रेसका लागि मान्य हुँदैन,’ उनले भने । 
संसदमा प्रतिपक्षको भूमिकालाई सशक्त पारेको बताउँदै सभापति देउवाले कांग्रेसले सरकारका गतल कामका विरुद्ध संसद् र सडकबाट खबरदारी गरिरहेको बताए । ‘तर सरकारले प्रतिपक्षको खबरदारी सुन्ने गरेको छैन,’ उनले भने, ‘जनताले भोट दिने बेलामा एमालेलाई दिए, दुःख पाएपछि अहिले प्रतिपक्षको भूमिका खोज्न थाले ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x