×

NIC ASIA

उद्योग–व्यवसायमा पुस्तान्तरण

विराटनगरका उद्योगको नेतृत्वपंक्तिमा युवाः विदेश पढेर आए, पारिवारिक विरासत धान्दै

काठमाडाैं | बैशाख २९, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपालमा अवसर नभएको भन्दै अधिकांश युवा विदेशिइरहेका छन् । राजनीतिक अस्थिरता व्यापार–व्यवसायका लागि मुख्य अवरोध वा चुनौती ठानेर विदेश पलायन हुने युवाको संख्या पनि उत्तिकै छ । औद्योगिक नगरी विराटनगरका केही युवा भने पारिवारिक विरासत धान्दै नयाँ संकल्पसहित उद्योग र व्यापार–व्यवसाय क्षेत्रलाई चलायमान बनाइरहेका छन् । तीमध्ये अधिकांश विदेश पढेर फर्किएका युवा छन् । अब जानौं उनीहरूबारेः  

प्रतीक राउत


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Rupse Holidays
Nabil box

विगत ४ दशकअघि उद्योग क्षेत्रमा प्रवेश गरेका विराटनगरका उद्योगी राजेन्द्र राउतका जेठा छोरा हुन् प्रतीक । भारतको बेंग्लोरस्थित जैन युनिभर्सिटीबाट एमबीए सकेर सन् २०१५ मा स्वदेश फर्किएका प्रतीक पछिल्लो ६ वर्षयता बुवाको उद्यमशीलतामा सँगसँगै छन् । 

Vianet communication

अहिले शिवम् अर्गनाइजेसन हाँकिरहेका ३३ वर्षीय प्रतीक भन्छन्, ‘सानै उमेरदेखि बुवाले मलाई स्वदेशमै केही गर्न भन्दै प्रेरित गर्नुहुन्थ्यो । शिक्षा जहाँको लिए पनि नेपालमै उद्यम–व्यवसाय गर्न सुझाउनुहुन्थ्यो । यसैले म त्यहाँका अनेक सुविधा छोडेर यहाँ आएको हुँ ।’

प्रतीकको विचारमा नेपालमा व्यवसाय गर्नु भनेको चुनौती र अवसरको खेल हो । यसै कुरालाई मध्यनजर गरेर प्रतीक हाल काठमाडौंमा पाँचतारे होटल बनाउँदै छन् भने विराटनगरमा २५० करोडको लगानीमा अस्पताल निर्माण गर्दैछन् ।

५०० भन्दा बढीलाई रोजगारी दिएका राजेन्द्र राउतको दुःख–सुख, संघर्ष र उतारचढावका साक्षी हुन्, प्रतीक र उनका भाइ प्रनिश । सानै उमेरदेखिको पारिवारिक माहोल पनि मिलेका कारण उनीहरू दुवै उत्तराधिकारी व्यावसायिक पुस्ता बनेका छन् । 

एकता गोल्छा

null

एकता गोल्छा राजनीतिक घराना गोल्छा परिवार (गोल्छा अर्गनाइजेशन)का राजकुमार गोल्छाकी छोरी हुन् । गोल्छा परिवार नेपालको उद्योग–व्यापारलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएको परिवार हो । जुन सिंगो परिवार लामो समयदेखि नेपालको उद्योग–व्यापारमै समर्पित छ । 

त्यसमध्ये जुट उद्योगमा उल्लेख्य सफलता हात पारिरहेका राजकुमारकी छोरी एकता बेलायतको लन्डनस्थित अक्सफोर्ड युनिभर्सिटीबाट मास्टर्स सकेर आफ्ना बुवालाई सघाउन स्वदेश फर्किएकी हुन् ।

एकतासँग अहिले , ‘डेल्टा टेक’ नामक आफ्नै सफ्टवेयर कम्पनी छ । नेपालमा उद्यमशीलताका लागि अवसरै–अवसर देख्ने एकताको एउटा सिद्धान्त छ, ‘नेपालमा केही गर्न नसक्नेले अन्त गएर केही गर्न सक्दैनन् ।’

विदेशमै उद्योग–व्यवसाय चलाउन सक्ने खुबी बोकेकी उनी नेपालमै आफ्नो पढाइ र अनुभवअनुकूल कम्पनी खोल्ने योजना बुनेर सन् २०१६ मा स्वदेश फर्किएकी थिइन् । एकताले २ वर्षजति बुवाको उद्यमशीलतामा हातेमालो गरेकी थिइन् ।

उमेरले ३५ वर्ष पुगेकी एकताले नेपालमा व्यावसायिक हुन बाँकी र जोखिमपूर्ण क्षेत्र मानिने सूचना प्रविधि (आईटी) क्षेत्रमा हात हालेकी छन् । उनले सन् २०१६ शुरू गरेको डेल्टा–टेक आईटी कम्पनीसँग अहिले नेपालसँगै भारत, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया र अफ्रिकाका देशका नामी उद्योगहरू जोडिएका छन्, जसले उनलाई आफ्नै पहिचानसहित सफलताउन्मुख गराइरहेका छन् । २० जनाभन्दा बढी त उनकै कम्पनीबाट रोजगार भएका छन् । 

सगुन बोहोरा

null

प्राथमिक पढाइसँगै उच्च शिक्षा पनि विदेशमा सकेका सगुन बोहोरा विदेशको सुविधामा पल्किएनन् । उमेरले २८ पुगेका सगुनले भारतको मुम्बईस्थित मिठीबाई युनिभर्सिटीमा बीएमएस सकेपछि लन्डन पुगेर मास्टर्स गरेका छन् । लिडरसिपमा २८ मध्ये छानिएका २ विद्यार्थीमा सगुन १ थिए ।

सोही उत्प्रेरणा लिएर खटिएका सगुनले बोहोरा ग्रुपको नेतृत्वमा आफ्ना बुवा अभिनाश बोहोरालाई सघाउन थालेको ४ वर्ष भयो । यो समयमा उनले धेर–थोर ज्ञान हासिल गरेका छन् । उनको चिन्ता युवा जनशक्ति विदेश पलायन हुनुमा छ । सगुन भन्छन्, ‘देशमा रोजगारी सिर्जना गर्न हामी तल्लिन छौं । तथापि, हाम्रो मात्र जोश जाँगरले हुँदैन, युवा जनशक्ति यहीँ अड्याउन अरू निकाय गम्भीर हुनैपर्छ ।’

खाद्यान्न उद्योग, कृषि उद्यम, निर्यात व्यापार र कन्ट्रक्सनतिर मात्र नभएर वित्तीय क्षेत्रमा पनि लगानी गरेको बोहोरा ग्रुपले हालै अन्तर्राष्ट्रिय बजारमा आफ्नो सफ्टवेयर बिक्री गर्ने काम थालेको छ । नेपालमा बनेको उक्त सफ्टवेयर अमेरिका, अस्ट्रेलिया, क्यानडाका केही कम्पनीले चलाउन थालेको सगुन बताउँछन् । 

करिब ८५० जना कर्मचारी र सयौं मजदुर बोहोरा ग्रुपमा जोडिएका छन् । जसका कारण सबै क्षेत्रमा सफलता हासिल गर्न सफल भएको भन्दै उनी श्रेय दिन्छन् ।

डेनिस कार्की

null

स्वाथ्य क्षेत्रमा लगानी गरेर नागरिकमा स्वास्थ्यको पहुँच बढाउनमा केन्द्रित एउटा नाम हो, डेनिस कार्की । वरिष्ठ स्त्री तथा तथा प्रसूति रोग विशेषज्ञ डा ज्ञानेन्द्रमानसिंह कार्कीका जेठा छोरा डेनिसले हालै मात्र मोरङको बूढीगंगामा ४०० करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएका छन् ।

अस्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरेका ३६ वर्षीय डेनिसले विराट टिचिङ हस्पिटल र विराटनगर नर्सिङ होम गरी दुई अस्पतालको नेतृत्व गरिरहेका छन् । त्यसबाहेक स्वास्थ्य सामग्री उत्पादन गर्ने विराट हेल्थ केयर पनि चलाइरहेका उनी भन्छन्, ‘विदेश पढेर पनि उताको लोभ लागेन । बुवा यहाँका नागरिकलाई स्वस्थ बनाउन कम्मर कसेर लाग्नुभयो । त्यही लयमा हामी छौं । यसमा खुसी लाग्छ ।’

डेनिसले सन् २०१३ मा विदेशबाट नेपाल फर्किएर बुवाको काममा हात अगाडि सारेका थिए । डेनिसमात्र नभएर उनका भाइ–बहिनी पनि नागरिकलाई सुलभ स्वास्थ्यसँग जोड्न लागिपरेका छन् । करिब २ हजार जनालाई रोजगारी दिन पाएकोमा डेनिस गर्व महसुस गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x