×

NIC ASIA

टेस्लालाई जितेर नम्बर वान बनेको बीवाईडी, युरोपमा नयाँ कारखाना खोल्ने योजना

काठमाडाैं | जेठ ८, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

अहिले विश्वव्यापी बजारमा दिग्गज कम्पनी बनेर उदाएको चिनियाँ विद्युतीय सवारी साधन बीवाईडी (विल्ड योर ड्रिम्स)ले आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गर्न उल्लेखनीय प्रगति गरेको छ । 

आक्रामक बजार रणनीति र नवीनतम प्रविधिका लागि चिनिएको बीवाईडीले आफ्नो क्षमताको फाइदा उठाउँदै विश्वभर बलियो उपस्थितिलाई देखाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामीले यहाँ बीवाईडीका थप विस्तार प्रयास, नयाँ मालवाहक सवारी, युरोपमा बीवाईडीको उपस्थिति र दक्षिण एसियामा यसको प्रभावबारे छोटो विश्लेषण गर्नेछौं ।


Advertisment
Rupse Holidays
Nabil box

विश्वव्यापी विस्तार र बजार प्रवेश

Vianet communication

बीवाईडीको विश्वव्यापी विस्तार निकै सशक्त देखिन्छ । विभिन्न अन्तर्राष्ट्रिय बजारमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भनिएको बीवाईडीले सन् २०२३ मा टेस्लालाई उछिनेर विश्वको अग्रणी विद्युतीय सवारी निर्माता बनेको छ, जसलाई जुन यसको बढ्दो प्रभाव र उत्पादन क्षमताको प्रमाण मान्न सकिन्छ । 

बीवाईडीले ३० लाख विद्युतीय गाडी उत्पादन गरेको छ र तीमध्ये साढे २ लाख गाडी चीनबाट निर्यात गरेको छ । यसले जापान, थाइल्याण्ड, मेक्सिको, ब्राजिल, अष्ट्रेलिया, र भारत जस्ता प्रमुख बजारहरूमा सशक्त प्रदर्शन गरिरहेको छ । 

नयाँ कार्गो फ्लीट

बीवाईडीले तीव्र बढिरहेको अन्तर्राष्ट्रिय व्यापारलाई थप वृद्धि गर्न गाडी परिवहनका लागि कार्गो जहाज पनि निर्माण गरेको छ । 

विद्युतीय गाडी ओसार्न प्रयोग गरिएको पहिलो जहाज बीवाईडी एक्सप्लोरर १ सन् २०२४ को शुरूमा जर्मनीको ब्रेमरहेवन पुगेको थियो । 

यो जहाज निर्माण गरिएको आठ वटा जहाजमध्येको एउटा हो, जसको उद्देश्य यातायात लागत घटाउने र निर्यात क्षमता बढाउने हो ।

यो जहाज करिब २०० मिटर लामो छ भने यसले ७ हजार गाडीहरू बोक्न सक्छ । यो लिक्वीफाइड नेचुरल ग्यासले चल्ने भएकाले कार्बन उत्सर्जन उल्लेखित मात्रामा कम हुने मानिएको छ । 

कार्बन उत्सर्जन कम गर्ने बीवाईडीको उद्देश्य लक्षित यो जहाजको निर्माण र सञ्चालनले विश्वव्यापी बजारलाई थप प्रवर्द्धन गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ । 

युरोपमा बीवाईडीको रणनीतिक विस्तार 

युरोपमा आफ्नो बजार विस्तार गरेलगत्तै आगामी तीन वर्षमा बीवाईडीले हंगेरीमा सुविधासम्पन्न प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ । उक्त कारखानाले बीवाईडीको उत्पादन क्षमतालाई बढाउने मात्र छैन, चिनियाँ विद्युतीय सवारीप्रति युरोपेली युनियनको चिन्तालाई पनि सम्बोधन गर्नेछ । 

स्थानीय उत्पादन बढाएर, बीवाईडीले जर्मनी, इटाली, फ्रान्स, र स्पेन जस्ता देशहरूमा आफ्नो बजार स्थिति मजबुत बनाउन उद्देश्य राखेको छ ।

दक्षिण एसियामा यसको प्रदर्शन र लगानी

दक्षिण एसिया बीवाईडीका लागि महत्त्वपूर्ण र ठूलो बजार हो, त्यसैले यस क्षेत्रमा पनि बीवाईडीले भारि लगानी गरिरहेको छ । 

बीवाईडीका अनुसार कम्पनीले भियतनाममा २ सय ५० मिलियन डलर भन्दा बढी लगानी गर्ने योजना बनाएको । यो रकम उसले आफ्नो गाडीको पार्टपुर्जा बनाउने कारखाना निर्माण गर्न लगानी गरेको कम्पनीको दाबी छ । 

यसका साथै, फिलिपिन्स, भियतनाम, र इन्डोनेसियाले बीवाईडीलाई आफ्नो सिमानाभित्र गाडी एसेम्बली प्लान्ट स्थापना गर्न दिने नीति लिएका छन् । 

तेलको बढ्दो मूल्य र दक्षिण एसियाली क्षेत्रमा बढिरहेको वातावरणीय प्रदुषणलाई ध्यानमा राखेर यी देशहरूले बीवाईडीलाई एसेम्बली प्लान्ट खोल्न दिने नीति लिएको दाबी कम्पनीले गरेको छ । 

भारतमा बीवाईडीले पहिले नै 'एटटो ३' जस्ता मोडेलको व्यापार गरिरहेको छ । भारतको व्यापक बजार अंशलाई समेट्न बीवाईडीले थप किफायती विकल्पहरू प्रस्तुत गरिरहेको छ । 

दक्षिण एसियामा बीवाईडीको आक्रामक रणनीतिलाई कतिपय देशको सरकारी नीतिले समर्थन गरेको छ भने ग्राहकका रूपमा मध्यम वर्गले यी सवारी साधनमा विशेष रुची राख्ने गरेको कम्पनीले जनाएको छ । 

आगामी रणनीतिक पहल​

बीवाईडीका विस्तार प्रयासहरू निर्माण र निर्यातमा मात्र सीमित छैनन् । कम्पनीले विभिन्न बजार अंशलाई आफ्नो पक्षमा पार्न उत्पादन लाइनअपलाई पनि विस्तार गर्दैछ । 

युरोपमा बीवाईडीले साना विद्युतीय सवारी 'एसयूभी एटटो ३ 'जस्ता मोडेलको प्रवर्द्धन गरिरहेको छ ।​

यसैबीच लक्जरी खण्डमा, बीवाईडी ले 'याङवाङ यु ८' जस्ता गाडीहरू लन्च गरेको छ । जसमा 'ट्यांक टर्न्स' र 'फ्लोट मोड' जस्ता सुविधाहरू प्रदान गर्छ । 

बीवाईडीले चीनमा परम्परागत पेट्रोलबाट चल्ने गाडीलाई चुनौती दिन आक्रामक 'मूल्य रणनीति' अपनाएको छ । 

डल्फिन र क्विन प्लसको अनर मोडल जस्ता विद्युतीय सवारी साधनले परम्परागत पेट्रोलबाट चल्ने साधनहरूलाई आक्रामक ढंगले विस्तार गरिरहेको छ । 

वातावरणीय प्रतिबद्धता र प्राविधिक नवप्रवर्तन

वातावरणीय स्थिरतामाथिको बीवाईडीको प्रतिबद्धता यसका उत्पादित मोडलहरूमा स्पष्ट देख्न सकिन्छ । 

नयाँ नयाँ प्रविधिमा कम्पनीले देखाएको समर्पणले उत्पादनमा विविधीकरण देखिएको छ । कम्पनीले  सार्वजनिक सवारी साधन र अन्य प्रकारका साधनको उत्पादन पनि तीव्र पारिरहेको जनाएको छ । 

बीवाईडीको विश्वव्यापी विस्तार रणनीति, युरोपेमा आक्रामक बजार विस्तार र कारखाना निर्माण र दक्षिण एसियामा कम्पनीले गरेको लगानीले यसलाई विश्वव्यापी विद्युतीय सवारी साधनको बजारमा अग्रणी बन्ने महत्त्वाकांक्षालाई झल्काउँछ । 

आक्रामक बजार प्रवेश र नवप्रवर्तनको अभ्याससँगै बीवाईडी तीव्र गतिमा यस उद्योगमा आफ्नो नेतृत्व कायम गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

जेठ १८, २०८१

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा ग्लोबल लिडर बीवाईडी (विल्ड योर ड्रीम्स) ले नेपाली बजारमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । कम्पनीले आफ्नो कोर टेक्नोलोजी, ब्लेड ब्याट्री र ई-प्ल्याटफर्म ३.० मार्फत उत्कृष्ट प्रद...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x