चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
संघीय सांसदहरूको प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको छ। संसद्को अधिवेशन आह्वान भएका बेला संसद् बैठकमा उपस्थित हुनका लागि आउने तथा अधिवेशन अन्त्य भएपछि गृहजिल्ला फर्किने बेला प्लेन वा गाडी भाडाबापत हालसम्म उक्त रकम खर्च भएको हो।
संघीय संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार अधिवेशन आह्वान भएपछि प्रत्येक अधिवेशनमा १३ लाख ५५ हजार ९९६ रुपैयाँ टिकटबापत खर्च हुने गरेको छ । सोही रकम अधिवेशन सकिएपछि सांसदहरू घर फर्किने बेला खर्च हुने संसद् सचिवालयले जनाएको छ ।
लोकान्तरलाई प्राप्त भएको तथ्यांकअनुसार प्रतिनिधि सभाका कुल १ सय २६ जना सांसदले प्लेन टिकट वा गाडी भाडाबापत खर्च लिने गरेका छन् । प्रतिनिधि सभामा कुल १ सय २६ सांसदको एक तर्फको भाडाबापत १० लाख २७ हजार १ सय ६६ रूपैयाँ खर्च हुन्छ। आउदा र जाँदा गरेर २० लाख ५४ हजार ३३२ रूपैयाँ खर्च हुने गरेको छ ।
त्यसैगरी राष्ट्रिय सभामा कुल ४१ जना सांसदले प्लेन तथा गाडी भाडा पाइरहेका छन्। अधिवेशनमा सहभागी हुनका लागि आउने बेलामा ३ लाख २८ हजार ८३० रुपैयाँ खर्च हुने गरेको छ। आउदा र जाँदा ६ लाख ५७ हजार ६६० रूपैयाँ खर्च हुने गरेको छ।
हालसम्म संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशन आतेजाते खर्चका लागि प्रतिनिधि सभातर्फ छैठौं अधिवेशन सम्पात भई फर्कंदासम्मको खर्च भुक्तानी गरिएको छ । जसमा कुल १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको संसद सचिवालयले जनाएको छ ।
संघीय संसद्का सूचना अधिकारी तथा सहायक प्रवक्ता समेत रहेका दशरथ धमलाका अनुसार प्रतिनिधि सभा पुन:स्थापना भएपछि माघ २३ गते शुरू भएको अधिवेशनमा सांसदहरू आउँदा भएको खर्च भुक्तानी हुन बाँकी छ ।
'उक्त अधिवेशनमा सहभागी भएका सांसदहरूलाई भाडाबापतको रकमको माग दाबी आइरहेको छ, केही दिनभित्रै उक्त रकम पनि भुक्तानी गर्ने तयारी गरिएको छ,' धमलाले लोकान्तरसँग भने, 'हामीले ऐन अनुसार नै सांसदज्यूलाई अधिवेशन डाकिएको शुरूको बैठक तथा अधिवेशन सकिएर घर फर्किने बेलाको आतेजाते भाडा दिने गरेका छौं।'
कसले सबैभन्दा बढी र कम भाडा पाए ?
काठमाडौं उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सांसदहरूले उक्त सुविधा लिएका छैनन् ।
त्यसबाहेक प्रतिनिधिसभा तर्फ प्लेन टिकटबापत सबैभन्दा बढी रकम रंगमती शाहीले पाउने गरेकी छन् । हुम्लाबाट प्रतिनिधित्व गर्ने शाहीलाई एकपटकमा प्लेन टिकटबापत सबैभन्दा बढी २१ हजार ५०० रूपैयाँ उपलब्ध गराउने गरिएको छ । निकै टाढा पुग्नुपर्ने भएकाले उनलाई बढी भाडा उपलब्ध गराउने गरिएको सचिवालयले जनाएको छ ।
त्यसपछि मोहन बानियाँले १९ हजार ८५० रूपैयाँ, छक्कबहादुर लामाले १९ हजार ३५० रूपैयाँ, गोपालबहादुर लामाले १९ हजार ३५० रूपैयाँ, भैरवबहादुर सिंहले १५ हजार ५० रूपैयाँ पाउने गरेका छन् ।
त्यसैगरी भीमबहादुर रावलले १४ हजार ८५० रूपैयाँ, दीपकप्रकाश भट्टले १४ हजार ६७० रूपैयाँ, निरुदेवी पालले १४ हजार ६५० रूपैयाँ, दामोदर भण्डारीले १४ हजार ५०० रूपैयाँ, नारदमुनि रानाले १४ हजार २०० रुपैयाँ, निरादेवी जैरुले १४ हजार १२५ रुपैयाँ पाउने गरेका छन्। यी सबै रकम एकपटक आते वा जातेको मात्र हो। आते र जाते दुवै गरेर उक्त रकममा दुईगुणा खर्च हुने गर्छ ।
प्रतिनिधि सभामा आतेजातेमा सबैभन्दा कम रकम पाउने सांसद भने हरिराज अधिकारी हुन्। गोरखाबाट प्रतिनिधित्व गर्ने उनले १ हजार ६०० रूपैयाँ पाउने गरेका छन्। त्यसपछि सांसद प्रमोद साहले १ हजार ७ सय रूपैयाँ, चाँदतारा कुमारीले १ हजार ७०० रूपैयाँ, मीना पाण्डेले १ हजार ८ सय रूपैयाँ पाउने गरेका छन्।
त्यसैगरी राष्ट्रिय सभामा सबैभन्दा बढी शेरबाहादुर कुँवर र चक्रप्रसाद स्नेहीले जनही १४ हजार ६ सय ५० रूपैयाँ पाउने गरेका छन्। त्यसपछि महेशकुमार महराले १४ हजार ५० रूपैयाँ, हरिराम चौधरीले १३ हजार ७ सय रूपैयाँ, तारादेवी भट्टले १३ हजार ६५० रूपैयाँ पाउने गरेका छन्।
राष्ट्रिय सभामा सबैभन्दा कम रकम पाउने सांसद बिमला घिमिरे हुन् । उनले ३ हजार ५ सय रूपैयाँ पाउने गरेका छन्। त्यसपछि मृगेन्द्रकुमार सिंह यादवले ४ हजार २०० रूपैयाँ, राधेश्याम पासवानले ४ हजार ८०० रूपैयाँ पाउने गरेका छन्।
हेर्नुहोस्, एउटा अधिवेशनमा मात्र कसले कति पाउँछन् भाडा ?
कतिपय सांसदलाई सुविधाबारे जानकारी नै छैन !
संघीय संसद् सचिवालय लेखा शाखाका एक जना कर्मचारीका अनुसार धेरैजसो सांसदलाई उक्त सुविधा पाउनेबारे जानकारी नै छैन। त्यसकारण राज्यकोषको रकमको केही बचत समेत भएको छ ।
'कतिपय माननीयज्यूलाई त प्लेन टिकट वा बसभाडा पनि पाइन्छ भन्ने कुराको जानकारी छैन,' उनले भने, 'त्यसकारण कतिपय सांसदज्यूहरूले उक्त सुविधाबापतको रकम माग दाबी नै गर्नुभएका छैन ।'
धेरैजसो सांसदहरू गाडी रिजर्भ गरेर आएको हुनाले रिजर्भबापतको रकम समेत माग्ने गरेका छन्। तर गाडी वा प्लेनको टिकटबापतको रकम मात्र दिने प्रावधान भएका कारण रिजर्भ गरेर आएपनि निर्धारित भाडा रकम मात्र दिने गरिएको छ। एकातर्फ जुन स्थानमा विमानस्थल छैन, त्यस क्षेत्रका सांसदहरूले नजिकको छिमेकी जिल्लाको विमानस्थलबाट काठमाडौं आउने जाने गरेका कारण प्लेन भाडा दिने गरिएको छ। अर्कातर्फ कतिपय सांसदलाई त्यो कुराको जनाकारी नभएका कारण गृहजिल्लामा विमानस्थलमा नभएर छिमेकी जिल्लामा भएपनि बसबाट नै आउने/जाने गरेको तथा त्यसबापत मात्र खर्च लिने गरेका छन्।
जस्तै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सुर्खेतबाट काठमाडौं आएको प्लेन टिकटबापत ८ हजार ४७५ रूपैयाँको माग दाबी २०७७ फागुन २६ मा गरेका छन्। उनी मात्र होइन, प्रतिनिधि सभाका सदस्य तथा पूर्व स्वाथ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले २०७७ फागुन २८ गते मात्र आएर पहिलोपटक प्लेन टिकटको रकम माग दाबी गरेका छन्। जनकपुरबाट काठमाडौं आएको प्लेन टिकटबापत ४ हजार १०० रूपैयाँको मागदाबी उनको छ ।
संघीय संसद्को पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन, २०७३ अनुसार संघीय संसद्को अधिवेशन आह्वान भई भाग लिन आउँदा र अधिवेशन अन्त्य भई फर्कंदाको भ्रमण खर्च दिने प्रावधान छ।
'उक्त भ्रमण भत्ता भुक्तानीका लागि पहिलोपटक अधिवेशनमा आउँदाको हवाई जहाज, रेल र बसको टिकटबापत भएका खर्चको बिल भरपाई र पैदल भ्रमण गरेकोमा आफूले भ्रमण गरेको कोश प्रमाणित गरिएको निस्सा भ्रमण बिलका साथ पेश गर्नुपर्छ,' उक्त ऐनको दफा ११ मा थप उल्लेख गरिएको छ।
सोही अनुसार सांसदहरूलाई भाडा भुक्तानी गर्ने गरिएको धमलाले बताए ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...