×

NMB BANK
NIC ASIA

भारतमा कोरोनाको कहर मच्चिँदा अदालतहरूले गरे सरकारको कठोर आलोचना, हत्यारादेखि अस्ट्रिचसम्म भने

बैशाख २३, २०७८

NTC
Premier Steels

भारतमा कोरोनाको कहर मच्चिरहँदा अक्सिजनको कमीले गर्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ । 

Muktinath Bank

अस्पतालमा शय्याको अभाव छ र मानिसहरू अस्पताल बाहिर तथा सडकपेटीमा ज्यान गुमाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार लाचार देखिन्छ । उनले जति कोशिश गरेको भए पनि मृत्युदर घटेको छैन र मानिसहरूले आधारभूत सुविधा पनि पाएका छैनन् । 


Advertisment
Nabil box
Kumari

यस्तो अवस्थामा भारतको सर्वोच्च अदालत र विभिन्न उच्च अदालतले केन्द्र सरकारलाई कडा आलोचना गरेका छन् । अहिलेसम्म कुनै पनि सरकारले सुन्नु नपरेको आलोचना मोदी सरकारले झेल्नुपरेको छ । 
 

Vianet communication

मद्रास उच्च अदालतले मौखिक टिप्पणी गर्दै कोभिडको दोस्रो लहरका लागि चुनाव आयोग जिम्मेवार रहेको र अधिकारीहरूमाथि हत्याको मुद्दा चलाउनुपर्ने बताएको थियो । त्यसपछि चुनाव आयोगले सर्वोच्च अदालतमा निवेदन दायर गरेर उच्च अदालतको टिप्पणी हटाउन माग गरेको थियो । 

त्यसमा सोमवार सुनुवाइ गर्दै सर्वोच्च अदालतले भन्यो, ‘सुनुवाइका बेलामा न्यायाधीशहरूले गरेको मौखिक टिप्पणीलाई समाचार बनाउनबाट मिडियालाई रोक्न सकिन्न । यस्ता रिपोर्टिङहरू व्यापक जनहितका लागि गरिन्छन् ।’

सर्वोच्च अदालतले केन्द्र र राज्य सरकारहरूलाई लकडाउनमा विचार गर्न पनि भनेको छ । त्यसका साथै भीड हुने कार्यक्रम र सुपरस्प्रेडर गतिविधिमा रोक लगाउन पनि भनेको छ । 
 

गरीबहरूमा लकडाउनको दुष्प्रभाव पर्ने विषयमा चिन्ता व्यक्त गर्दै सरकारले आगामी लकडाउनमा गरीबहरूका लागि विशेष व्यवस्था गर्न भनेको छ ।

सर्वोच्च अदालतले अक्सिजनका विषयमा आफैंले संज्ञान लिँदै केन्द्र सरकारलाई दिल्लीका लागि भइरहेको अक्सिजनको कमी दुई दिनभित्र पूरा गर्न निर्देशन दिएको छ ।

त्यस्तै अक्सिजन संकटका विषयमा दिल्ली उच्च अदालतले केन्द्र सरकारविरुद्ध कठोर टिप्पणी गरेको छ । अदालतले भन्यो, ‘अस्ट्रिचले जस्तो तपाईं बालुवामा टाउको लुकाउन सक्नुहोला, हामी सक्दैनौं । देशभरि अक्सिजनका लागि हाहाकार मच्चिएको छ । अक्सिजन उपलब्ध नगराएकोमा तपाईंविरुद्ध अदालतको अपहेलनाको मुद्दा किन नचलाउने ?’

सर्वोच्च अदालतले पनि आदेश दिइसकेको छ र हामी पनि भनिरहेका छौं जे भए पनि केन्द्र सरकारले दिल्लीलाई ७०० मेट्रिक टन अक्सिजन दिनदिनै आपूर्ति गर्नुपर्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x