चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
जेठ १३, २०७८
कोरोना भाइरस संक्रमणको महामारीले पशुपति आर्यघाटमा जलाउने शवको संख्या बढेसँगै १० दिनमा २ लाख ९९ हजार किलोग्राम दाउरा खपत भएको छ ।
नेपाल वन निगम लिमिटेड (टिम्बर कर्पोरेसन) आर्यघाट डिपोका प्रमुख द्रोणप्रसाद पोखरेलका अनुसार जेठ २ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस संक्रमण भएका शवलाई जनाउनका लागि २ लाख ९ हजार र नियमित शव चलाउने ठाउँमा ९० हजार किलोग्राम दाउरा खपत भएको बताए ।
‘अहिले कोरोना भाइरसले मृत्यु भएर आउन थालेपछि कोरोना संक्रमणतर्फ धेरै दाउरा खपत हुन थालेको हो,’ प्रमुख पोखरेलले भने, ‘दैनिक २०० हाराहारीमा शव आउन थालेपछि २४ घण्टै दाउरा खपत हुन्छ ।’
कोरोनाको मृत्यु भएका शव जलाउनका लागि २ गते देखि १० गतेसम्म क्रमशः ३० हजार, १५ हजार, २९ हजार, १४ हजार, २४ हजार, २० हजार, २४ हजार, १८ हजार, १५ हजार र २० हजार किलोग्राम दाउरा खपत भएको छ भने नियमित शवदाहतर्फ दैनिक ९ हजार किलोग्रामका दरले दाउरा खपत भएको प्रमुख पोखरेलले बताए ।
पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरमा दैनिक ७–८ हजारको हाराहारीमा नयाँ संक्रमित देखिएका छन् भने दैनिक औसत २०० जनाको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।
उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक ३ हजारदेखि ३ हजार ५०० व्यक्तिको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् भने दैनिक ५०–६० जना संक्रमितको मृत्यु भइरहेको छ ।
देशभरमा मृत्यु हुने संक्रमितको संख्या काठमाडौंमा सबैभन्दा धेरै छ । ती मृतकको दाहसंस्कार नेपाली सेनाले पशुपतिमा गर्ने भएकाले सम्भव भएसम्म पशुपति विद्युतीय शवदाह गृहमा दाहसंस्कार हुँदै आएको छ । तर विद्युतीय मशिनले दैनिक आउने सबै शवको दाहसंस्कार गर्न नसक्दा पशुपति क्षेत्र विकास कोषले नजिकै वाग्मती किनारामा वैकल्पिक व्यवस्था गरेर दाहसंस्कार हुँदै आएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार अहिले पशुपति आर्यघाटतर्फ दैनिक ४५–६० वटासम्म शवको अन्त्येष्टि हुँदै आएको छ भने विद्युतीय शवदाहतर्फ सेनाले उपत्यकामा मृत्यु भएका कोरोना संक्रमितको अन्त्येष्टि गर्दै आएको छ ।
दाउराका लागि २४ घण्टै ड्युटी
कोरोना संक्रमितको मृत्युदर बढेसँगै पशुपति आर्यघाटमा दाउरा उपलब्ध गराउँदै आएको टिम्बर कर्पोरेसनका कर्मचारी २४ घण्टै खटिँदै आएका छन् ।
‘हामीले २४ घण्टा नै दाउरा उपलब्ध गराउनुपर्ने भएकाले २४ घण्टै खटिएका छौं,’ आर्यघाट डिपोका प्रमुख द्रोणप्रसाद पोखरेलले भने, ‘म पछिल्लो समय २४ घण्टै खटिएको छु ।’
शव थपिँदा काठको माग बढ्यो
सामान्य समयभन्दा अहिले शवहरू धेरै आएका कारणले दाउरा धेरै आवश्यक परेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।
निर्देशक खतिवडाका अनुसार सामान्य समयमा दैनिक ४०–४५ वटा शव आउने गर्थे भने अहिले दैनिक ५०–६० शव आउने भएकाले दाउराको खपत बढी भएको छ ।
‘अहिलेको अवस्थामा शव धेरै आएका छन्, २४ घण्टामा ६० वटासम्म शव आएका कारण दाउराको खपत बढी भएको हो,’ निर्देशक खतिवडाले लोकान्तरसँग भने, ‘अहिलेसम्म हामीलाई टिम्बर कर्पोरेसनले दाउरा उपलब्ध गराउँदै आएको छ ।’
पशुपति क्षेत्र विकास कोषका अनुसार सामान्यतया एउटा शव जलाउनका लागि ३००–४०० किलोसम्म दाउराको खपत हुन्छ ।
थप १ करोड दाउरा
कोरोना भाइरसका कारणले पशुपति आर्यघाटमा शव धेरै आउन थालेपछि दाउराको अभाव हुन नदिन थप १ करोड रुपैयाँको दाउरा किनिएको छ ।
नेपाल वन निगम लिमिटेड आपूर्ति शाखाकी सहायक निर्देशक सुष्मा आचार्यका अनुसार यसअघि पशुपति आर्यघाटमा काठ ल्याउनका लागि १ करोड रुपैयाँ रकमान्तर हुँदै आएको थियो तर अहिले माग बढेपछि फेरि १ करोडको काठ किनिएको छ ।
‘सामान्य समयमा १ करोड रुपैयाँ रकमान्तर हुन्थ्यो तर यो अवस्थामा थप १ करोड काठ किन्नुपरेको छ,’ सहायक निर्देशक आचार्यले लोकान्तरसँग भनिन्, ‘पोखरामा रकमान्तर हुने पैसालाई पशुपतिमा ल्याएका हौं ।’
कर्पाेरेसनले दाहसंस्कारका लागि प्रतिकिलो १० रुपैयाँका दरले दाउरा बिक्री गर्दै आएको छ । पूजा कार्य, घरमा आगो बाल्न र धार्मिक कार्यका लागि प्रतिकिलो १३ रुपैयाँ र १७ रुपैयाँका दरले दाउरा बिक्री हुने गरेको छ ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...