×

इराक युद्धको जस्तै गरी चीनविरुद्ध भिडन्तको पृष्ठभूमि तयार गर्दै अमेरिका

जेठ १६, २०७८

अमेरिकाका राष्ट्पति जो बाइडनले चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोनाभाइरस चुहिएर महामारी फैलिएको हो कि हैन भन्ने विषयमा तीन महिनाभित्र अनुसन्धान गर्न अमेरिकी गुप्तचर निकायहरूलाई निर्देशन दिएका छन् । 

इराक युद्ध शुरू गर्नुअघि अमेरिकाले यसैगरी इराकमा आमविनाशकारी हतियार छ कि छैन भन्ने विषयमा अनुसन्धान गराएको थियो । 


Advertisment

त्यतिखेर अमेरिकाको प्रभावशाली दैनिक पत्रिका द वाल स्ट्रीट जर्नलका रक्षा संवाददाता माइकल आर गोर्डनले इरानमा आमविनाशकारी हतियारको भण्डार छ भन्ने झूटो खबर दिएर अमेरिकी आक्रमणलाई जायज ठहर गरेका थिए । द न्युयोर्क टाइम्स जस्ता पत्रिकाले पनि यस्तै किसिमको खबर दिएर तत्कालीन बुश प्रशासनको युद्धपिपासा शान्त बनाएका थिए । 


Advertisment

पछि गएर इराकमा त्यस्तो कुनै पनि हतियार नरहेको पुष्टि भयो ।

अहिले आएर तिनै गोर्डनले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट कोभिड–१९ भाइरस फुत्केको आरोप लगाउँदै अमेरिकाले चलाएको दुष्प्रचारलाई पत्रिकामा स्थान दिइरहेका छन् । 

महाशक्ति प्रतिस्पर्धामा चीनभन्दा आर्थिक तथा प्राविधिक रूपका पछि परेकोमा चिन्ता बढेपछि अमेरिकाले चीनलाई कलंकित गर्ने र एक्ल्याउने प्रयास थालेको हो । त्यसका लागि कोभिड–१९ को उत्पत्तिको अनुसन्धान गर्ने नाममा वुहान इन्स्टिच्युटलाई तारो बनाइएको हो । 

कोभिड उत्पत्तिको विषय वैज्ञानिक समस्या हो र यसमा गुप्तचर निकायलाई उपयोग गरेर अमेरिकाले गलत बाटो चयन गरेको छ । यसलाई राजनीतिक अभीष्ट पूरा गर्नका लागि भन्दा पनि वैज्ञानिक आधार लिएर हल गर्नु उपयुक्त हुन्थ्यो । 

विश्व स्वास्थ्य संगठनका डा माइक रायनले पनि गुप्तचर संस्थालाई यस विषयमा संलग्न गराउनु अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन् ।  
 

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x