भदौ ५, २०७८
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
‘कम्प्यूटर गेम’ युवा वर्गमा लोकप्रिय छ । विभिन्न प्रकारका विद्युतीय उपकरणमा यस्ता गेम खेलिन्छ । यस्ता उपकरणमा गेमिङ कन्सोल, स्मार्ट फोन, ट्याबलेट, भर्चुअल रियालिटी हेडसेट, पर्सनल कम्प्युटर आदि पर्छन् । ‘अफलाइन’का साथै इन्टरनेटमा अनलाइन र स्थानीय सञ्जालमा समेत कम्प्यूटर गेम खेल्न सकिन्छ ।१
कम्प्युटर गेम अनेक प्रकारका हुन्छन् । खेलाडीको संख्याका आधारमा, एक्लै खेल्ने, २ जना खेल्ने, धेरै जना एकैपटक खेल्ने, कम्प्यूटर गेम हुन्छन् । त्यसैगरी इन्टरनेटमा ‘अनलाइन’ खेलिनेदेखि ‘अफलाइन’ खेलिने कम्प्युटर गेम विभिन्न आयाम र स्वरूपका हुन्छन् । यस्ता गेमका कथा, पात्र, खेलको लम्बाइ, जटिलता, शैली फरक–फरक हुन्छ ।२
कम्प्युटर गेमको अर्थशास्त्र
इन्टरनेट र मोबाइल फोन प्रविधिमा भइरहेको द्रूत विकाससँगै गेमिङ उद्योग करोडौं डलरबाट खर्बाैं डलर कारोबार हुने उद्योग बनेको छ र दिन प्रतिदिन यो विस्तार हुँदैछ । यहाँ संलग्न इन्फोग्राफिक्सले गेमिङ उद्योग कुन गतिमा फैलिँदैछ भन्ने जानकारी दिन्छः
कम्प्युटर गेम खेलेर पैसा कमाउन सकिन्छ ?
कम्प्युटरमा गेम खेलेर पैसा कमाउन सकिन्छ तर यो सजिलो छैन । गेम खेल्ने सीप, क्षमता, दक्षता भएर मात्र पुग्दैन यो माध्यमबाट पैसा कमाउन । त्यसैले ‘गेम खेलेरै जीवन चलाउँछु’ भन्ने धारणा बनाउनु ठीक होइन । खासगरी नेपाल जस्तो देशमा यो झन् गाह्रो छ ।
तर पनि कम्प्युटर गेम खेलेर पैसा कमाउने केही सम्भाव्य तरिका छन्ः
१. ‘लाइभ स्ट्रिमिङ’
कम्प्यूटरमा गेम खेल्दै त्यसलाई लाइभ स्ट्रिमिङ (प्रत्यक्ष प्रसारण) गर्न सकिन्छ । ट्वीच वा युट्युबमा तपाईंका दशौं हजार, अझ लाखौं, स्रोता–दर्शक छन् भने विज्ञापनबाट कमाइ हुने यो तरिका उपयुक्त हुनसक्छ ।
२. पत्रकारिता
कम्प्यूटर गेमबारे लेख्ने रुचि र क्षमता छ ? छ भने आमसञ्चारका कुनै माध्यममा लेख्नुस् वा आफ्नै ‘साइट’ खोल्नुस् । गेमिङबारे समाचार, समीक्षा, अन्तर्वार्ता, विश्लेषण लेख्नुस् । अर्काको पत्रिकामा लेख्दा पारिश्रमिक पाउन सकिन्छ । आफ्नैमा लेख्दा विज्ञापनबाट कमाउन सकिएला तर यी दुवै विकल्प सजिला छैनन् ।
३. ट्यूटोरियल
गेमिङको संसारमा नयाँ आउनेहरूलाई सिकाउने खालका ट्यूटोरियल जस्ता विभिन्न सामग्रीमार्फत् पैसा कमाउने बजार पनि छ । उदाहरणका लागि गेमिङ गाइड लेखेर ‘ई–बूक’का रूपमा बिक्री गर्ने, यूट्युबमा भिडियो ट्यूटोरियल राख्ने आदि । सजिलो होला त यसरी पैसा कमाउन ?
४. गेमिङ टुर्नामेन्ट
कम्प्युटर गेमका अनेक प्रतिस्पर्धा भइरहन्छन् । यस्ता प्रतिस्पर्धामा भिडेर, जितेर पैसा कमाउने एउटा उपाय हुनसक्छ । अन्तर्राष्ट्रिय स्तरका यस्ता प्रतियोगितामा भाग लिन सक्ने सम्मको दक्ष गेमर हो भने व्यापारिक कम्पनीहरूका प्रायोजनबाट पनि पैसा आउन सक्छ । तपाईंको गेमिङ स्तर कुन तहमा छ भन्नेमा यो उपाय निर्भर हुन्छ ।
५. अकाउन्ट वा डिजिटल सामग्री बिक्री
यदि तपाईं कुनै गेमको दक्ष खेलाडी हुनुहुन्छ भने माथिल्लो ‘लेभल’ पुगेको आफ्नो अकाउन्ट बेच्न सक्नुहुन्छ । तल्लो स्तरमा रहेका खेलाडीले अकाउन्टका साथै गेमका ‘डिजिटल’ सामग्री समेत किन्छन् तर यस्ता सामग्री बेच्न चाहिँ सजिलो हुन्न ।
गेमिङ नराम्रो लत हुनसक्छ
कतिपय मानिस कम्प्युटर गेमले बालबालिकामा कल्पनाशीलता विस्तार गर्छ र ज्ञान, शीप तिखार्ने मौका दिन्छ भन्छन् तर केटाकेटी पढाइ, व्यायाम, पारिवारिक कार्यक्रम वा सामाजिक क्रियाकलापको साटो गेम खेलेर बिताउँछन् । कम्प्युटर गेमको लतलाई विशेषज्ञहरू ‘इम्पल्स कन्ट्रोल डिसअर्डर’ नामक मानसिक विकार हो भन्छन् ।३
अनुसन्धानकर्ताहरूका अनुसार गेम खेल्ने क्रममा खेलाडीको मस्तिष्कमा ‘डोपामाइन’ निष्कासन हुन्छ । यो मस्तिष्क रसायनले मानिसलाई झर्कने स्वभावको बनाउने खतरा हुन्छ ।
आफ्नो बच्चा गेमको लतमा फसेको छ कि छैन भनेर थाहा पाउने केही उपाय छन् । यस्ता हुन सक्छन् चेतावनीयुक्त संकेतहरूः
– गेम खेल्ने धूनमा पढाइ, घरायसी जिम्मेवारी वा अन्य काममा ध्यान नदिनु,
– साथीहरूको समूह सानो हुनु वा साथी नै नहुनु,
– व्यक्तिगत सरसफाइमा ध्यान नदिनु,
– आफ्नो दिनचर्या मिलाउन नसक्नु,
– गेम खेल्न नपाउँदा झर्कने, रिस गर्ने, के–के न बित्यो जस्तो गरी चिन्तित बन्ने,
– भोक कम लाग्ने, निन्द्रा नलाग्ने, उत्तेजित हुने ।४
स्वास्थ्यका लागि खतरा गेमिङ लत
धेरै समय कम्प्युटर गेम खेल्ने बानी बस्यो भने यसले बच्चाको विकासोन्मुख मस्तिष्क र शरीरमा नकारात्मक असर पार्न सक्छ । वयस्क खेलाडीहरूलाई पनि निम्न असर पर्न सक्छ कम्प्यूटर गेम धेरै खेल्दाः
निष्क्रिय जीवनशैलीः कम्प्युटर वा अन्य विद्युतीय उपकरण चलाउँदै घण्टौं एकै ठाउँमा बस्दा मानिसको शरीरमा हानि पुग्न सक्छ । शारीरिक व्यायामको कमीले गर्दा तौल बढ्ने, बसाइको आसन राम्रो नभएर शरीर दुख्ने र ‘टाइप–२’ मधुमेह रोग लाग्ने खतरा बढेको छ ।
सामाजिक सहभागितामा कमीः कम्प्युटर गेम धेरै खेल्नेहरूका साथीसँगी कम भएको पाइएको छ । ‘भर्चुअल’ संसारमा बढी समय बिताउने गेमरहरू वास्तविक संसारमा अरूसित कसरी व्यवहार गर्ने जस्तो महत्त्वपूर्ण सामाजिक व्यवहार समेत जान्दैनन्, जसलाई पनि बेवास्ता गर्छन् ।
ध्यान केन्द्रित गर्न समस्याः गेम खेल्न धेरै समय बिताउने किशोर–किशोरीहरू पढाइ सिकाइमा अत्यन्त कम ध्यान दिन्छन् । ध्यान केन्द्रित गर्न सक्दैनन् र पढाइमा पछि पर्छन् ।
बढ्दो आक्रोश वा हिंसाः युद्ध, झगडा वा हिंसामा केन्द्रित कम्प्यूटर गेम खेलेर धेरै समय बिताउने केटाकेटी तथा किशोरकिशोरीहरूले यस्ता खेलहरू नखेल्नेहरूको तुलनामा आक्रोशका लक्षणहरू बढी देखाउन सक्छन् ।
छारे रोगसम्म हुनसक्छ ः द ब्रिटिश मेडिकल जर्नलले छारे रोग वा त्यस्तै प्रकृतिका अन्य ‘शिजर’ (अचानक बेहोस हुनु) का समस्या गेम खेल्नेहरूमा धेरै पाइएको भन्दै एउटा लेख प्रकाशित गरेको छ । गेमका ग्राफिक्स, झिलिम मिलिक बत्ती र रंगहरूले गर्दा कुनै–कुनै खेलाडीहरूमा छारे रोग र शिजरसम्मको समस्या देखियो ।
सीप सिकाइमा समस्याः गेमरहरूमा सीप सिक्ने क्षमतामा ह्रास आएको कुरा विशेषज्ञहरूले बताएका छन् ।५
कम्प्युटर गेम धेरै खेल्दा हुने, यहाँ व्याख्या गरिएका समस्या संसारभर सबैका लागि चिन्ताको विषय बनेको छ । नेपाल यसमा अछुतो रहन सक्ने कुरै भएन । नेपालमा शहरी क्षेत्रका प्रायः सबै किशोर–किशोरीले गेम खेल्न मिल्ने विद्युतीय उपकरणको सुविधा पाएका छन् । तिनीहरूका लागि यी उपकरण जीवनका अन्य सबै कुराभन्दा धेरै महत्त्वको हुने गरेको छ । परिवारका सदस्यलाई भन्दा धेरै यस्ता उपकरणलाई माया गर्छन् किशोर–किशोरीहरू ।
परिणाम, गेमिङको कूलतले नेपाली युवाहरूलाई गलत बाटोतिर डोर्याइरहेको छ ।
सन्दर्भ सामग्रीः
एनिमेसनमा रूचि राख्ने अविनाश गजुरेल स्नातकका विद्यार्थी हुन् ।
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...