×

NMB BANK
NIC ASIA

विप्लवलाई देउवाको जवाफ- वैशाख ३० को चुनाव सार्न मिल्दैन, स्वतन्त्र ढंगले चुनाव लड्नुस्

चैत ३०, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गतेको चुनाव सार्न नेकपाले गरेको आग्रह अस्वीकार गरेका छन् । वैशाख ३० गतेको चुनावको लागि तयारी धेरै अगाडि बढिसकेको भन्दै देउवाले चुनाव सार्न नसकिने बताएका हुन् । 

Muktinath Bank

चुनावमा सहभागी हुने वातावरण बनाइदिन भन्दै प्रधानमन्त्री निवास बालुवाटार गएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बुधवार देउवाले चुनाव सार्न नसकिने बताएका हुन् । देउवाले स्वतन्त्र ढंगले चुनावमा सहभागी हुन सुझाव दिएको स्रोतले जानकारी दियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विप्लवको मागबारे बुधवार मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो । केपी ओली सरकारसँग भएको तीन बुँदे सहमतिअनुसार राजनीतिक मुद्दा लागेका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्न सकिने भए पनि चुनाव सार्ने प्रस्तावमा सहमति जनाउन नसकिने देउवाले जवाफ दिएका थिए । 


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धनको एक दल नेकपा एसका अध्यक्ष माधव नेपालले विप्लवको पार्टीलाई सहभागी गराउन चुनाव सार्न सकिने आशयको अभिव्यक्ति दिएका थिए । विप्लवलाई देखाएर गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ । मंगलवार एमाले अध्यक्ष केपी ओलीले विप्लवलाई देखाएर वैशाखको चुनाव सार्ने षड्यन्त्र भए मान्य नहुने बताएका थिए । 

Vianet communication

प्रधानमन्त्री देउवाले वैशाख ३० को चुनाव कुनै पनि हालतमा नसर्ने प्रतिबद्धता जनाएको सरकारका एक मन्त्रीले लोकान्तरलाई जानकारी दिएका थिए । चुनावमा सहभागी हुने/नहुने भन्ने विषयमा विप्लवको पार्टीभित्र विवाद चर्किएको छ । 

विप्लव, खड्गबहादुर विक प्रकाण्डलगायत नेताहरु चुनावमा सहभागी हुने पक्षमा देखिएका छन् भने हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोलालगायतका नेताहरू भने चुनाव बहिस्कार गरेर जानुपर्ने अडानमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x