चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
जेठ २८, २०७९
१०० रुपैयाँमा पेटभरि खाना ! त्यो पनि एसी कोठामा बसेर । अचम्म लाग्न सक्छ । कसरी सम्भव छ ? तर कञ्चनपुरको महेन्द्रनगरका चक्र मिश्रले विगत ९ वर्षदेखि १०० रुपैयाँमै खाना खुवाउँदै आएका छन् ।
बिहान ४ बजे उठ्ने, नित्यकर्म सकेर ५ बजे महेन्द्रनगर बजारको ४ नम्बर गल्लीमा आउनु उनको दिनचर्या हो । २०७० सालदेखि उनी र उनकी पत्नी भागिरथी मिश्रको दिनचर्या यसरी नै चलिरहेको छ ।
मिश्र दम्पतीले ‘हाम्रो भोजनालय’ सञ्चालन गर्दै आएका छन् महेन्द्रनगरमा । उनले १०० रुपैयाँमा खाना खुवाउँछन् ।
१०० रुपैयाँमा खानाभन्दा ग्राहकको दिमागमा आउन सक्छ – स्टीलका थोत्रा थाल, कचौरा, त्यसमाथि भात, दाल र तरकारी एकै ठाउँमा राखेर ल्याएको तर होइन । उनले खुवाउने खाना ३ तारे होटलको झल्को दिने खालको छ ।
काँसको थाल, काँसकै कचौरा, स्थानीय जिरा मसिनो चामलको भात, दाल, अचार, मही, आलुको भुजिया, घ्यू र ३ वटा छुट्टाछुट्टै कचौरामा विभिन्न परिकारहरू हुन्छन् ।
महेन्द्रनगर जस्तो गर्मी ठाउँमा उनले ४ वटा ‘एसी’ (वातानुकूलित) जोडेका छन् । खाना खान आउने ग्राहकलाई गर्मी नहोस् भन्ने उद्देश्यले एसी जडान गरिएको व्यापारी मिश्रले बताए ।
खाना खाने ठाउँदेखि भान्सासम्म चटक्क सफा बनाएर राखिएको हुन्छ भने हात धुने धाराहरूमा पनि हात धुनका लागि तरल साबुन (ह्यान्ड वास) राखिएको छ ।
उनले अहिले ९ जनालाई रोजगारी दिएका छन् । विगत ९ वर्षदेखि हालसम्म पनि १०० रुपैयाँमा सादा खाना खुवाउँदै आएका छन् उनी । दही खाना ११०, मटन खाना २२० रुपैयाँमा खुवाउँदै आएका छन् ।
हाम्रो भोजनालयमा एउटा नियम छ – जसले खाना फाल्छ, उसले थप १०० रुपैयाँ जरिवाना गरेर २०० रुपैयाँ तिर्नुपर्ने । विगत ९ वर्षमा २ जनालाई मात्र जरिवाना तिराएको उनले लोकान्तरलाई बताए ।
‘अहिलेसम्म यो नियमलाई सबैले पालना गर्नुभएको छ तर पनि यतिका वर्षमा २ जनलाई थप दस्तुर तिराएका छौं,’ सञ्चालक मिश्रले भने, ‘सबैले अनुशासित भएरै खाना खानुहुन्छ ।’
उनले दैनिकजसो तरकारीको मेनु पनि फरक–फरक गर्दै आएका छन् । उनले धेरैजसो सिजनमा उत्पादन हुने तरकारी खुवाउँदै आएका छन् । पौष्टिक आहारलाई पनि मध्यनजर गरेर गेडागुडी, छोले, मही लगायतका अतिरिक्त खानेकुरा पनि थप गर्ने गरेका छन् । उनले खानाको साथमा सित्तैमा झानेको मही, खिर र डुप्का फरक–फरक दिनमा दिने गरेका छन् ।
उनले दैनिक अधिकतम १ हजार २०० जनालाई खाना खुवाएका छन् भने दैनिक ४००–५०० जनालाई खाना खुवाउँदै आएका छन् । बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म बिहानको खाना तालिका हो भने साँझ ६ बजेदेखि राति १० बजेसम्म साँझको खाना तालिका राखिएको छ ।
महेन्द्रनगरका मजदुरदेखि कहिलेकाहीँ आउने मन्त्रीसम्म उनको होटलका ग्राहक हुन् । ‘मन्त्रीज्यूहरू पनि खाना खान आउनुहुन्छ, मजदुर, वकिलहरू, नेताहरू आउनुहुन्छ । यहाँका ठूला होटलका सञ्चालकहरू हाम्रा दैनिक ग्राहक हुनुहुन्छ,’ सञ्चालक मिश्रले लोकान्तरसँगको कुराकानीमा भने, ‘आफ्नो होटलको खाना छाडेर हाम्रोमा आउँदा सन्तुष्टि र खुशी लाग्छ ।’
महेन्द्रनगर मात्रै होइन, मिश्रको भोजनालय आसपासका जिल्लामा पनि प्रसिद्ध छ । विशेष गरेर विवाह भोजमा पनि भोजनालयमा अर्डर आउने गरेको छ । त्यसका लागि गाडी भाडाबापत १५ रुपैयाँ थप गरेर धनगढीसम्म पनि खाना खुवाउने गरेको उनले बताए ।
महेन्द्रनगर बजारमा पहिला खाना महंगो भएकाले त्यसलाई चिर्नको लागि शुरू गरेको भोजनालयमा पैसा नहुने र अशक्तलाई सित्तैमा खुवाएर पठाउने गरेको सञ्चालक मिश्रले बताए ।
‘अशक्त र केही पैसा नभएर खान आउनेलाई पनि सित्तैमा खाना खुवाएर पठाउने गरेका छौं,’ मिश्रले भने, ‘दैनिक ४–५ जनालाई खुवाएर पठाउँछौं ।’
बीचका बिचौलियाको मारमा किसान नपरुन् भनेर भोजनालयलाई आवश्यक पर्ने तरकारी, चामल लगायतका सामग्री सिधैं किसानको खेतबाट ल्याउने गरेका छन् उनले । दैनिक २५० जनाभन्दा कमले खाना खाए घाटा हुने गरेको उनले बताए ।
‘अहिले सामान यति महंगो भइसक्यो तर पनि हामीले पैसा बढाएका छैनौं । बरु कम फाइदा लिने तर पैसा नबढाउने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘दैनिक २५० जनालाई खाना खुवाएनौं भने त घाटामा जान्छ ।’
सधैं खाना खाने व्यक्तिहरू धेरै नहुने भएकाले कतिपय अवस्थामा घाटामा जाने गरेको उनले बताए । २०७० सालमा व्यापार शुरू गर्दा पहिलो दिन २०० भन्दा धेरै व्यक्तिलाई खसीको मासुुसहित खाना सित्तैमा खुवाएको उनकी पत्नी भागिरथी मिश्रले बताइन् ।
‘हामीले शुरूआत गर्दा २०० जनालाई मासुभात सित्तैमा खुवाएका हौं । विज्ञापन गर्न होइन, सेवा गर्न खुवाएका थियौं,’ भागिरथीले लोकान्तरलाई भनिन्, ‘हाम्रो नाफा कमाउनेभन्दा पनि सेवा हो, कम पैसामा पनि खान सकिन्छ भन्ने उदाहरण दिन खोजेका हौं ।’
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...