×

NMB BANK
NIC ASIA

साहित्यकार विकल्पलाई ८ हजार राशिको ‘शक्ति पुरस्कार’

भदौ ४, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

रणस्मृति पुरस्कार संस्था बागलुङले विक्रम संवत् २०७८ सालको ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गरेको छ । 

Muktinath Bank

८ हजार राशिको पुरस्कार शुक्रवार आयोजित संस्थाको ३०औं वार्षिकोत्सव समारोहमा साहित्यकार विकल्पलाई समर्पण गरिएको हो । नेपाली भाषा, साहित्यको उन्नयनमा पुर्‍याएको योगदानबापत उनलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोहमा साहित्यकार विकल्पले पुरस्कारले सिर्जनाकर्ममा अझ सक्रिय हुन उत्प्रेरणा थपेको उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष समेत रहेका विकल्पका कविता संग्रह ‘सम्झनाका डोबहरू’, मुक्तक संग्रह ‘भुल्काहरू’, लघुकथा संग्रह ‘सर्वदलीय घर’, गजल संग्रह ‘लालीगुराँस फूल्ने मन’ लगायत कृति प्रकाशित छन् । 

Vianet communication

उनले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आएका छन् । यसअघि पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसकेका छन् ।

विक्रम संवत् २०५० सालमा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा पुरस्कार संस्था स्थापना गरेका थिए । संस्थाले विक्रम संवत् २०७४ सालदेखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो ।

सोही समारोहमा बालमन्दिर आधारभूत र रुद्रेपिपल माध्यमिक विद्यालयका उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको संस्थाले जनाएको छ । पुरस्कार पाउनेमा बालमन्दिर आविमा ५ कक्षामा पढ्ने अमृत परियार, अस्मिता आले र रुद्रेपिपल मावि ८ कक्षामा अध्ययनरत नन्दनी शाह, किस्मत सुवेदी र नारायण पौडेल छन् ।

विक्रम संवत् २०५० सालमा स्थापित संस्थाले बर्सेनि साहित्यकर्मी र विद्यार्थीलाई पुरस्कृत गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x