×

विद्यालयमा १ शिक्षक १ ल्यापटप, कक्षा कोठामा स्मार्ट टीभी

फागुन २३, २०७९

प्रतिकात्मक तस्वीर

अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले  ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् ।

जिल्लाको बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा गत वर्षदेखि प्रत्येक कक्षामा स्मार्ट टीभी जडान गरेर शिक्षकले ल्यापटपको माध्यमबाट शिक्षण सिकाइ थालिएकोमा यसवर्ष सिगाना माध्यामिक विद्यालय लामिचौरमा समेत प्रविधिको माध्यमबाट शिक्षण सिकाइ थालिएको छ ।


Advertisment

नगरपालिकाको आर्थिक सहयोगमा विद्यालको सबै कक्षा कोठामा स्मार्ट टीभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।


Advertisment

कक्षा ६–१० सम्मका ५ वटा कक्षा कोठामा ५५ इन्चको स्मार्ट टीभी जडान गरिएको छ । विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षकले ल्यापटपमा भएको पाठ्यसामग्री स्मार्ट टीभीमा देखाउन सक्ने गरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामा समेत पढाउनसक्ने व्यवस्था मिलाइएको सिगाना माध्यमिक विद्यालय लामिचौरका प्रधानाध्यापक चन्द्र मल्लले जानकारी दिए । ल्यापटपबाट विद्यार्थी पढाउन शिक्षकले तालिम लिइराखेको मल्लले जानकारी दिए ।

‘केही शिक्षकले मात्रै ल्यापटप चलाउन जान्नुहुन्छ, उहाँहरूले अहिले दिनको एउटा कक्षा प्रविधिको प्रयोगबाट लिइराख्नुभएको छ, अन्य शिक्षकले ल्यापटप चलाउन सिक्दै हुनुहुन्छ, एक शिक्षकले अर्को शिक्षकलाई समेत सिकाउनुभएको छ,’ मल्लले भने । कम्तीमा दैनिक २ पिरियड मात्रै भए पनि डिजिटल माध्यमबाट अध्यापन गराउन सकिन्छ भन्ने उद्देश्य राखिएको छ । 

नगरपालिकाको ८ लाख रुपैयाँबाट विद्यालयको सिकाइ योजना प्रविधिमैत्री बनाइएको हो । अहिले ५५ इन्चको ५ वटा स्मार्ट टीभी र ८ वटा ल्यापटप खरिद गरेर विद्यालयमा प्रविधिको माध्यमबाट सिकाइ कार्यको शुभारम्भ गरिएको हो । विद्यार्थीभन्दा गुणस्तर बढाउनेतर्फ विद्यालयको ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले बताए ।

विद्यालयमा हाल १४६ विद्यार्थी छन् । ‘बसाइसराइले विद्यार्थी क्रमशः घट्दै छन् तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौं,’ अध्यक्ष थापाले भने । यहाँ अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई थप आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा १ शिक्षक १ ल्यापटप र कक्षा कोठामा स्मार्ट टीभी जडान गरिएको छ । विद्यालयको भौतिक सुधारमा समेत अहिले व्यवस्थापन समिति लागेको छ ।

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x