×

नेपालगञ्ज–काठमाडौं रूटमा स्टेरिङ घुमाउने रेबिका

लामो दूरीको नाइट बस चलाउने एक्ली महिला

बुटवल | जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाएको कर्म देख्न पाइन्छ । 

रेबिका थापा साहनीले नेपालगञ्ज ‘टू’ काठमाडौं रुटमा चल्ने रात्रि बसको स्टेरिङ थामेर आफ्नो साहस प्रदर्शन गरेकी छिन् । रेबिका सम्भवतः नेपालमा लामो दूरीको गाडी त्यो पनि रात्रिकालीन बस चलाउने पहिलो महिला हुन् । ४४ वर्षीया रेबिका पुरुष चालकको भीडमा साहस, हिम्मत र आँटले ‘नाइट’ बस हाँकेर उदाहरणीय बनेकी छिन् । आजकल उनलाई ‘एक्लो वृहस्पति’ पनि भन्ने गरिन्छ । उनी अहिले नेपालगञ्ज–काठमाडौं चल्ने ग्रेटर नेपालको लू २ ख ६९३९ नम्बरको बस चलाउँछिन् । आफूले चलाएको गाडीमा यात्रा गर्न सबैले रुचाउने गरेको उनी बताउँछिन् ।  


Advertisment

आजभन्दा २१ वर्षअघि विसं २०६० मा काठमाडौंमा टयाम्पो चलाएर चालक पेशामा प्रवेश गरेकी रेबिका माइक्रो, मिनीबस हुँदै ‘हेभी’ गाडी चालकको रुपमा स्थापित भएकी हुन् । 


Advertisment

उनको परिचय अहिले ‘हेभी’ गाडी चालकमा मात्र परिचय सीमित छैन । उनी अनाथ र टुहुरा बालबालिकालाई संस्था खोलेर तिनकी आमाको भूमिकासमेत निभाएकी छिन् । जति संकट परे पनि उनी कसैलाई केही गुनासो नगरी हरेक पाइलामा संघर्ष गर्दै गइन् । 

आफूले आश्रय दिएका बालबालिकाको भरण–पोषणमा उनी उत्तिकै समय खर्चिन्छिन् । ‘चुनौती आफैँ उठाउने हो,’ उनी भन्छिन्, ‘महिलाले नसक्ने भन्ने केही पनि हुँदैन, पहिला आत्मविश्वास र साहस चाहिन्छ ।’ पहिले दुःख भए पनि अहिले सबैको हौसला र प्रेरणाले उनी उत्साहित बनेकी छिन् । अब उनले धेरैभन्दा धेरै देशका जनतालाई निधक्क गन्तव्यमा पुर्याउने सोच बनाएकी छिन् । 

null

उनी थप्छिन्, ‘महिलाहरू पनि केमा कम छौं र भन्ने हिसाबले नाइट बस चलाउने मेरो सोख हो । त्यहीँ भएर नाइट बस चलाउन आँटेकी हुँ ।’ आफ्नो काममा दक्ष नारीहरूलाई अझै पनि समाजले विश्वास नगर्ने अवस्था रहेको बताउँदै रबिका त्यो चेतनास्तर परिवर्तनको खाँचो रहेको औँलाउँछिन् । ‘महिलालाई विश्वास नगर्नेलाई कामले जवाफ फर्काउने हो, सफलताको श्रेय आफ्नो मेहनत नै हो,’ उनले भनिन् ।  

रेबिकाले त्यो बेला टयाम्पो चलाउँदा धेरै असहज परिस्थितिको पनि सामना गर्नु पर्यो । ‘पुरुषको हुलमा महिला चालक बनेर हिड्न सहज त्यति थिएन । आफूलाई हाँसको भीडमा बकूल्लो भएजस्तो लाग्थ्यो,’ उनी भन्छिन् । कोठामा दुई वर्षको छोरा छाडेर उनी टयाम्पो चलाउन निस्किन्थिन् । विस्तारै उनी आफ्नो काममा पोख्त हुँदै गइन् । विसं २०७० मा नेपालमा साझा बस भित्रिए । त्यो बेलासम्म उनले ‘हेभी’ गाडीको सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिइसकेकी थिइन् । चालक र सह–चालक महिलालाई प्राथमिकता दिएर भित्रिएका साझा बसले उनलाई एउटा अवसर दियो । तर, क्षमता भए पनि महिला भनेर सर्त राख्यो ।  ‘साझाले सर्पोट त गर्‍यो, तर, मलाई कलंकीदेखि माइतीघरसम्म गाडी चलाउन भनेर ‘रुट टेस्ट’ गरेपछि मात्र चाबी थमाइयो,’ उनी भन्छिन्, ‘मैले राम्रोसँग गाडी चलाएपछि मात्र उनीहरूले बल्ल विश्वास गरे । नत्र महिलालाई विश्वास कम गर्छन् । त्यो बेला ठूलो गाडीको ड्राइभर सिट र स्टेरिङमा बस्दाको मजा नै बेग्लै लागेको थियो मलाई ।’ 

रेबिकाले साझापछि ‘ट्राभल एजेन्सी’का गाडी पनि चलाइन् । उनले देशका धेरै ठाउँ र शहर पुगेर सडकको अवस्था पनि बुझिन् । भारतका विभिन्न ठाउँसम्म पनि यात्रुलाई पुर्याइन् । त्यसपछि उनले काठमाडौंदेखि धनगढीसम्म चल्ने बस चलाउन थालिन् । अहिले उनको ‘रुट’ नेपालगञ्ज–काठमाडौंको छ । २१ वर्षे चालक पेशामा उनले चलाएका कुनै पनि सवारी दुघटना भएका छैनन् । 

null

चालकले जानी–जानी कहिल्यै पनि दुर्घटना नगराउने उनको भनाइ छ । ‘कहिलेकाहीँ चालकको सोचाइ पनि अन्त कतै जान्छ । त्यो बेला कसैले आफ्नो गल्ती नहुँदा–नहुँदै पनि साना गाडी आएर ठोक्किन पुग्छन्,’ उनी प्रष्ट पार्छिन्, ‘त्यसको दोष ठूला गाडीलाई दिने गरेको देखिन्छ । तर, ठूला गाडीले गल्ती गर्दैनन् भन्ने पनि होइन । यो भइपरी आउने कुरा कतिबेला के हुन्छ थाहासमेत हुँदैन ।’

रेबिकाको बाल्यकाल बागलुङको गलकोटमा निकै कठोर र संघर्षबाट गुज्रिरहेको थियो । उनको परिवार त्यहाँबाट बसाइँसराइ गरेर विस २०४० सालमा बुटवल झर्याे । बुटवल आउँदा रेबिका जम्मा १० वर्षकी मात्र थिइन् । उनको सानैदेखि सिर्जनात्मक काममा रुचि थियो । यसैमा केही गरौं भन्ने थियो । तर रेबिका १४ वर्षकी हुँदा उनका बुवा–आमाले सांसर छाडेर गए । यसपछि उनको जीवनमा झनै अफ्ठ्यारो परिस्थिति आइलाग्यो । रबिकाका मामाघरमा हजुरबाका दुईवटी श्रीमती थिए । उनकी आमाका कोही दाजुभाइ थिएनन । अर्की आमातिरकाले हेला गर्थे । पारिवारबाट केही ‘सपोर्ट’ नभएपछि उनी कष्टकर दिन झेल्दै काठमाडौं छिरिन् । काठमाडौं छिरेपछि उनी झनै अन्यौलमा परिन् । तैपनि सामान्य मजदुरी गर्दै जीवन गुजारा गर्दै थिइन् । त्यसपछि विवाह बन्धनमा बाधिइन् । विवाह जीवनलाई सुखमय होस् भन्ने चाहन्थिन्, तर सोचेजस्तो भएन । 

यसका बीच छोरा (विवेक) जन्मिए । श्रीमान् पढेलेखेकै थिए । उनीबाटै हिंसा भोगिन् । पिटाइ खाइन् । यस्तोमा पनि रेबिकाले हरेश खाइनन् । छोरा र आफूलाई बाच्नका लागि ज्यामी काम गरिन्, सडकमा बसेर मकै पोलिन् । दिनभर दुःख गरेर आयो घरमा पनि शारीरिक यातना पनि सहनुपर्ने हुन थाल्यो । अति भएपछि वैदेशिक रोजगारमा जाने निर्णय गरिन् । छोरालाई भैरहवाको आश्रममा छोडेर साउदी अरेबिया गइन् । साउदीमा काम गर्दा छोराको यादले सताएपछि त्यहाँ बस्न नसकेर उनी चार महिनामै घर फर्किइन् । 

फेरि श्रीमानको पिटाइ खानुपर्छ भनेर विदेश फर्किएपछि उनले बुटवल नजाने निर्णय गरिन् । काठमाडौंकै एकजना दिदीसँग बसिन् । अनि टयाम्पो सिकेर चलाउन थालिन् । आफूसँगै राख्न भनेर भैरहवास्थित आश्रमबाट छोरालाई पनि काठमाडौं ल्याइन् । काठमाडौंमै पढाउन थालिन् । ‘ट्याम्पो’ सिक्दा विभेद गरियो । यसले गर्दा उनी ट्याम्पो नचलाउने सोचमासमेत पुगिन् । तर, सँगै बस्ने दिदीले ढाडस दिएपछि काठमाडौं ड्राइभिइ सेन्टरमा गएर कार सिकिन् । यसका बाबजुद उनले पछि फेरि ट्याम्पो चलाउने पेशा नै रोजिन् । तर उनलाई ट्याम्पो चलाउने र छोरालाई पनि समय दिने दुई चुनौती एकसाथ थपिए । ‘छोरालाई कोठामा थुनेर जान्थेँ । आएर खाना खुवाउँथें,’ उनी विगतका दुःखका दिन सम्झिन्छिन् । यति दुःख गरेर हुर्काएका छोरा विवेक विस्तारै ठूला भए । १२ कक्षा पास गरे । छोरा विवेक इन्जिनियर पढ्ने तयारीमा थिए । अब चाहिँ छोराले केही गर्छ भन्ने रेबिकालाई लाग्न थाल्यो । तर त्यसमा ठूलो बज्रपात पर्यो । १७ वर्षका उनका छोरा विवेकको मृत्यु भयो । ‘मेरो सपना पूरा गर्ने बेला आफ्नै हातले बिदा गर्नुपर्ने भयो । त्यो बेला म फेरि जिउनै नसक्ने अवस्थामा पुगेकी थिएँ,’ दुःखका ती दिन सम्झिँदै उनी भावुक हुन्छिन् । तर फेरि सबैको साथले नयाँ जीवन बाँचेको उनी बताउँछिन् । 

null

‘धेरै आग्रहलाई स्वीकार गरेर मैलै फेरि विवाह गर्न बाध्य भए । अहिले मेरो छोरा छ । धेरैले अहिलेको छोरालाई विवेक फर्केर आयो भन्छन्’ उनले भनिन् । कलिलो उमेरमै छोरा गुमेपछि उनको सम्झनामा रेबिकाले विवेक स्वच्छ सेवा केन्द्र खोलेकी हुन् । जहाँ बुवा–आमा पत्ता नलागेर टुहुरा भएका बालबालिकाले आश्रय पाएका छन् । कोरोना भाइरस महामारीपछिको ‘लकडाउन’का बेला वि. स २०७७ मा उनले शुरू गरेको मानवसेवाका काममा धेरैले सहयोगका हातहरू फैलाउँदै आएका छन् । 

रेबिका अब यातायात क्षेत्रबाट पछि नहट्ने सोचाइमा छिन् । सवारीचालक बन्न चाहने महिलालाई साथ दिने उनको सोच छ । ‘नारी पनि गाडी चलाउन सक्ने बन्न सकुन् । आत्मबल आफैँले बढाउने हो, अर्कोले दिँदैन,’ उनी भन्छिन् । ड्राइभिङ पेशालाई मर्यादित र व्यवस्थित बनाउन यातायात व्यवसायीहरूको ठूलो जिम्मावारी हुने उनी बताउँछिन् । यो विषय उनले सधैँ उठाउँदै आएकी छिन् । ‘एकले अर्कालाई इज्जत गर्न जान्नुपर्छ । आफ्ना हक– अधिकारका लागि राज्यको ढोका ढक्ढक्काउन पनि एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ,’ उनी थप्छिन् । 

छोरा विवकेको नाममा खोलिएको सेवा केन्द्रमा ३५ जना बालबालिका छन् । रेबिका अहिले ती सबैकी आमा हुन् । धेरै दुःख–कष्ट भोगेर सफलता चुमेकी रेबिका काठमाडौंमा घर बनाउन सफल भएकी छिन् । उनको कामनपा वडा नम्बर ११ स्थित बबलमहरमा घर छ ।

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x