×

NIC ASIA

उद्यममा नयाँ ‘कन्सेप्ट’

‘कोल्ड ड्रिंस’को विकल्पमा मही ‘ब्रान्डिङ’ : १० ‘फ्लेबर’ बजारमा ल्याउने तयारीमा थानेश्वर

१५ हजार किसान आबद्ध, २०० जनालाई प्रत्यक्ष रोजगारी

बुटवल | जेठ ५, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

आम उपभोक्तामा एउटा भ्रम छ– नेपाली बजारमा ब्रान्डेड चिसो पेय पदार्थको विकल्प छैन । अझ यो भ्रम युवा पुस्तामा बढी पाइन्छ । त्यसो त ‘मल्टिनेसनल’ कम्पनीबाट उत्पादित पेय पदार्थको उम्दा स्वाद शहरीयाको जिब्रोमा राम्रैसँग गढेको छ । स्वास्थ्यको जोखिमसमेत बढाइरहेका त्यस्ता ‘कोल्ड ड्रिंस’को विकल्पमा कपिलवस्तुका किसानले नेपाली शुद्ध दूध/दहीबाट बनेको मही उत्पादन गरी सेवाग्राहीसम्म पुर्याइरहेका छन् । 

कपिलवस्तुको बुद्धभूमिका उद्यमी थानेश्वर न्यौपानेले विश्वबजारमा ‘कब्जा’ जमाइरहेका पेय पदार्थको विकल्पमा महीलाई ‘ब्रान्डिङ’ गरेर बजारमा पठाएका छन् । गर्मीमा शीतलताका लागि मही उत्तम विकल्प हो । उनले झण्डै तीन दशकदेखि डेरी व्यवसायको क्षेत्रमा अनुभव संगालेका छन् । यसै अनुभवलाई कार्यान्वयन गरेर उनले कसैको ‘कपी–पेस्ट’ नगरी आफ्नै सोचले महीलाई चिसो पेय पदार्थको विकल्पमा उत्पादन गरेका छन् । त्यही मही अहिले शहरी क्षेत्रमा बिक्री थालेको थानेश्वर बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Rupse Holidays
Nabil box

थानेश्वर बजार केलाउँदै जोखिम लिनसक्ने गुण भएका उद्यमी मानिन्छन् । उनले नयाँ वर्ष (विसं २०८१)देखि शुरू गरेको महीको व्यावसायिक उत्पादनलाई रुचाइएको छ । अहिले महिनाकै दैनिक १ हजार लिटरभन्दा बढी खपत भइरहेको उनले सुनाए । थानेश्वरले उत्पादन गरेको मही रुपन्देही र कपिलवस्तुका विभिन्न बजारका उपभोक्ताले विवाह, ब्रतबन्ध तथा अन्य शुभ कार्यमा चिसो पेय पदार्थको विकल्पमा प्रयोग गर्न थालेका छन् । 

Vianet communication

बुद्वभूमि इमिलियामा रहेको ग्लोबल डेरी प्रालिबाट उत्पादित महीलाई ब्रान्डिङ गर्न आफूले लामो समय सोची, अध्ययन गरी निचोडमा पुगेको उनी बताउँछन् । ‘बजारमा अनेकौं रसायनयुक्त फ्लेभर प्रयोग गरिएका जुस तथा पेय पदार्थको सेवनले स्वास्थ्य क्षेत्रमा समस्या बढाउँदै लगेको छ,’ उनी भन्छन्, ‘त्यसको विकल्पमा हामीले मही ल्याएका हौं । आफैंले खरिद गरेको दूधबाट दही बनाउँछौं । त्यही दहीबाट मही बनाएर प्याकेजिङ गरी बिक्री गर्छौं ।’ दूधका अनेक परिकार बनाउन रुचाउने उद्यमी थानेश्वर अब ब्रान्डलाई अझै विस्तार गर्ने योजना बुनिरहेका छन् । उनीसँगै अहिले उनका भाइ कमल न्यौपाने र भतिज जनक न्यौपाने पनि व्यवसायमा जोडिएका छन् । 

null

महीको कन्सेप्ट ल्याउनुअघि थानेश्वरले केही हण्डर–ठक्कर पनि खाए । द्वन्द्वकालमा डेरीबाट नोेक्सान ब्यहारे । त्यसपछि उनी दक्षिण कोरियातर्फ हानिए । त्यहाँ १० वर्ष बिताएर स्वदेश फर्किएका हुन् ।  

‘यो डेरी क्षेत्रमा ठूलो हण्डर–ठक्कर खाँदै म विदेश (कोरिया)सम्म पुगेँ । द्वन्द्वकालमा पाल्पाको तानसेनको डेरीबाट ठूलो नोक्सान खाएँ । तर, जानेको यहीँ क्षेत्र भएकोले १० वर्ष विदेश बसेर फर्किएपछि पनि फेरि यहीँ क्षेत्र रोजेँ,’ उनी सुनाउँछन्, ‘अहिले मही बजारमा लगेपछि स्वाद राम्रो छ भन्ने सकारात्मक प्रतिक्रिया पाएको छु । ‘कोल्ड ड्रिक्स’को विकल्पमा यो अघि बढाउनु भन्ने धेरैबाट सुझाव पनि आएको छ । जसले गर्दा यो कामले मलाई ‘इनर्जी’ दिएको छ ।’

सिधै भन्दा अहिले थानेश्वरलाई डेरी उद्योगले सफलता दिलाएको छ । उनी थप सफलताका लागि संघर्षरत छन् । प्याकिङ गरेको ५ दिनसम्म मही सहजै खान मिल्छ । थानेश्वरको डेरीबाट किनेको मही होलसेलमा लिटरको ४० र फूटकर ५० रुपैयाँमा पाइन्छ । महीको बोतलिङ र लेभलिङ गरिएको छ । किसानले बिक्री नभएर सडकमा दुध पोखेको, द्वन्द्वकालमा पाल्पामा बन्दले गर्दा किनेका दूध बिक्री नभएर फालेको तथा गाउँघरमा मही पारेर खाने कोही नभएपछि खेर गएको उनले देखे । यसले दुःखित भएका उनी यस्तो घटना फेरि नहोस् भनेर दुग्ध पदार्थको क्षेत्रमा लागेको बताउँछन् । 

आगामी दिनमा १० ‘फ्लेबर’को मही बजारमा ल्याउने थानेश्वरको सोच छ ।  ‘निकट भविश्यमा विभिन्न मसलेदारसहित १० भेराइटीको मही बजारमा ल्याउने योजना बनाएको छु,’ उनी भन्छन् । पेय पदार्थका रूपमा महीको प्रयोगले स्वदेशी वस्तु प्रयोगको उपयोग बढ्ने र स्वास्थ्यमा पनि फाइदा पुग्ने सरोकारवालाहरूको भनाइ छ । खासगरी दूध तथा दुग्धजन्य पदार्थको सामाजिक मात्र नभई धार्मिक तथा सांस्कृतिक महत्व पनि छ । देवता तथा पितृको नाममा समेत दूधका परिकार चढाइन्छन् । यात्राका क्रममा शगुनको रुपमा दही खुवाएर बिदाइ गर्ने मान्यता छ । दही/मही चिकित्सकीय दृष्टिकोणले पनि स्वस्थ्यवर्द्धक रहेको पोषणविद् बताउँछन् । त्यहीँ भएर महीलाई पेय पदार्थको रुपमा जिवन्त बनाउने थानेश्वरको चाहना छ । 

null

५० करोड रुपैयाँको लगानीमा ९ वर्षअघि सञ्चालनमा आएको थियो ग्लोबल उद्योग । नेपालकै दोस्रो ठूलो डेरी उद्योग भएको बताइन्छ । यही ग्लोबल उद्योगले नेपालमै पहिलोपटक व्यवसायिक उत्पादन शुरू गरेको थानेश्वरको दाबी छ । ‘हामीले उत्पादन गरेको मही कुनै रासायनिक पदार्थ नमिसाइ विशुद्ध प्राकृतिक दहीबाट बनेको हो । यसैले मानव स्वास्थ्यका लागि यो हितकर छ,’ उनी भन्छन् । स्वदेशमै उत्पादन भएको महीको खपत बढाउन सके यसले आयात प्रतिस्थापन र ब्यापार घाटा कम गर्न पनि टेवा पुर्याउने उनको अपेक्षा छ । निकट भविष्यमा आधा लिटर र पाउच प्याकेटमा पनि उत्पादन गरी लागत घटाएर सस्तोमा बिक्री गर्ने योजना उद्योगले लिएको उनी सुनाउँछन् । यद्यपि अन्य पेय पदार्थको तुलनामा मही सस्तो नै छ । सरकारी कार्यालयमा, सरकारी र निजी विद्यालयका क्यान्टिनमा अन्य पेय पदार्थको साटो महीको प्रयोग अनिवार्य गराइनुपर्ने थानेश्वरको माग छ । महीको बिक्री–वितरण लुम्बिनी प्रदेशभर र भविष्यमा देशभर गर्ने लक्ष्यसहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट छुट्टै अनुज्ञापत्र लिने प्रक्रिया अघि बढेको उनले सुनाए ।

बजारमा उपलब्ध पेय पदार्थमा रिफाइन सुगर, कार्बोनाइटेड वाटर र आर्टिफिसियल फेलेबरजस्ता स्वास्थ्यलाई हित नगर्ने तत्व हुने गरेको पोषणविद् बताउँछन् । तर, महीमा प्राकृतिक प्रोटिन र फ्याटको मात्रा पनि कम हुने भएकाले पाचन प्रणालीलाई धेरै राम्रो गर्ने उनीहरूको भनाइ छ । हाल ५० हजार लिटर दुध बिक्री गरिरहेका न्यौपानेले भविष्यमा धुलो (पाउडर) दूध उत्पादन र महीको उत्पादन बढाएर दैनिक १ लाख लिटर दुध व्यवस्थापन गर्ने योजना छ ।  ‘अहिले महीबाट मुनाफा कम होस्, बरु धेरैभन्दा धेरै ग्राहकसम्म पुर्याउने हाम्रो सोच छ,’ थानेश्वरले भने । 

नारायणी पूर्वमा ७ वटा पाउडर दूध उद्योग रहेका छन् । तर, नारायणी पश्चिममा एउटा पनि उद्योग नभएकाले सरकारले यसका लागि अनुमति दिनुपर्ने उनको माग छ । ग्लोबल डेरी उद्योगका लुम्बिनी प्रदेशमा ८१ स्थानमा दूध संकलन केन्द्र सञ्चालनमा छन् भने १५ हजार किसान आबद्ध छन् । उद्योगले २०० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । देशको अर्थतन्त्रलाई चलाएमान हुने गरी थालिएका यस्ता उद्योगलाई राज्यले ‘सबसिटी’ दिनुपर्ने थानेश्वरको माग छ । तर, किसानको पक्षमा सरकारले कहिल्यै काम गर्न नसकेको उनी गुनासो गर्छन् ।  सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भन्ने ‘नारा’ त्यसमै सीमित भएको उनको गुनासो छ । ‘राज्यको नीतिमा सुधार आएन । नेपाली उद्योगलाई प्राथमिकता दिएन । यसतर्फ सरोकारवालाको ध्यान जाओस्,’ उनी सुझावको शैलीमा भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x