×

औद्योगिक क्षेत्र निर्माण हुँदै

फागुन १, २०७७

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिएको छ ।

ती प्रस्तावित छ औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले भने , “शिलान्यास गर्नुभन्दा अघिका सबै तयारी सकिए । ”


Advertisment

कञ्चनपुरको दैजीछेला (सुदूरपश्चिम), बाँकेको नौबस्ता र रुपन्देहीको मोतीपुर (लुम्बिनी), चितवनको शक्तिखोर र मकवानपुरको मयूरधाप (बागमती) तथा झापाको दमक (प्रदेश १) औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७२ चैतमा निर्णय गरेको थियो ।


Advertisment

हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीतिअनुसार सरकारले १५ नयाँ औद्योगिक क्षेत्र प्रस्ताव गरेको छ । तीमध्ये सरकारले नयाँ छवटा औद्योगिक क्षेत्र घोषणा गरी निर्माण अगाडि बढाएको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ । यी प्रस्तावित छवटा औद्योगिक क्षेत्रको निर्माण पाँच वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।

डेढ खर्ब लगानी आवश्यक
यी औद्योगिक क्षेत्र स्थापनाका लागि करिब डेढ खर्ब रुपियाँ लागत लाग्ने अनुमान छ । स्वदेशी लगानीमा निर्माण हुने मयूरधाप, दैजीछेला र नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि २५ अर्ब रुपियाँको सुनिश्चितता खोजेको बताउँदै अध्यक्ष बस्नेतले उद्योग र अर्थमन्त्रीले सुनिश्चितता दिने भनेपछि कार्यलाई तीव्रता दिएको बताए । उनले भने, “अब सरकारले बजेट सुनिश्चित गर्नासाथ हामी अगाडि बढ्छौँ, शिलान्यास गर्छौं । निर्माणको काम सुुरु गर्न हामी तयारी अवस्थामा छौँ । ”

दमक, शक्तिखोर र मोतीपुर औद्योगिक क्षेत्र वैदेशिक लगानीबाट निर्माण गरिने बताउँदै उनले दमकको औद्योगिक क्षेत्र चीन सरकारको सहयोगमा निर्माण हुनेछ भने मोतीपुर र शक्तिखोरमा वैदेशिक लगानीको खोजी भइरहेको बताए । दमकमा ६३ अर्ब, मयूरधापमा सात अर्ब, दैजीमा नौ अर्ब, नौबस्तामा नौ अर्ब, शक्तिखोरमा ३६ अर्ब र मोतीपुरमा १२ अर्ब रुपियाँ लगानीको अनुमान गरिएको छ ।

दमक ः दक्षिण एसियाकै सबभन्दा आधुनिक
झापामा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुँदै छ । दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको दुई हजार एक सय बिघामा औद्योगिक क्षेत्र स्थापना गर्न नेपाल सरकारबाट २०७२ चैत १ गते निर्णय भएको थियो ।

‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नामकरण गरिएको यो औद्योगिक क्षेत्र निर्माणका लागि लगानी बोर्र्डले २०७६ साउनमा चिनियाँ लगानी स्वीकृत गरिसकेको छ । ८२२ बिघा दमक क्लिन इन्डस्ट्रियल पार्कलाई बहालमा उपलब्ध गराउने सहमति भएको छ । चिनिया लगानीकर्ताको करिब ६४ अर्ब रुपियाँ लगानी रहने सार्वजनिक भइसकेको छ । चीनको बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना भएको र यो दक्षिण एसियाकै नमुना रहने चीन–नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले बताउँदै आएका छन् ।


यहाँ इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायतका उद्योग रहनेछन् । यो औद्योगिक क्षेत्र सञ्चालन भएपछि करिब एक लाख ३१ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।

शक्तिखोर ः परियोजना कार्यालय खुल्दै
चितवनको शक्तिखोर क्षेत्रमा एक हजार ७४१ बिघामा स्थापना गरिने शक्तिखोर औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको काम अगाडि बढाउन फागुनको पहिलो हप्तामै परियोजना कार्यालय स्थापना हुने भएको छ । लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने , “शक्तिखोर औद्योगिक क्षेत्रको पूर्वाधारको काम गर्नेगरी अब परियोजना कार्यालय सञ्चालन गर्ने निर्णयमा पुगेका छौँ । ”


३६ अर्ब रुपियाँको लागत अनुमान गरिएको शक्तिखोर औद्योगिक क्षेत्रमा आठ सयदेखि एक हजार उद्योग स्थापना गर्नेगरी पूर्वाधार बनाउन लागिएको हो । शक्तिखोर औद्योगिक क्षेत्रमा कृषि उपकरण, विद्युतीय सामान, सोलार प्यानल, अस्पतालका फर्निचर, छाला, केमिकल, औषधि, निर्माण सामग्री, काष्ठजन्य उत्पादन र कृषिमा आधारित उद्योग रहने छन् । औद्योगिक क्षेत्र सञ्चालनपछि एक लाख १० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।

मयूरधाप ः जग्गा विवाद समाधान, ईआईए हुँदै
औद्योगिक क्षेत्र निर्माणको चर्चा चलेको पाँच वर्षपछि हेटौँडा उपमहानगरपालिका–१४ मा निर्माण हुने मयूरधाप औद्योगिक क्षेत्रको ईआईए गर्ने प्रक्रिया अगाडि बढेको छ । २०७२ चैत १ गते मन्त्रिपरिषद् बैठकले मयूरधापमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेपछि २०७३ साउनमा मालपोत कार्यालय, मकवानपुरले औद्योगिक क्षेत्रको नाममा लालपुर्जा जारी गरेको थियो ।

तर पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने जग्गाको पुर्जा आफ्नो अनुमतिबिना दिएकामा आपत्ति जनाउँदै औद्योगिक क्षेत्रलाई तारबार लगाउन र निर्माणको काममा निकुञ्जले रोक लगाएको थियो । विभिन्न सरकारी निकायबीच भएको लामो छलफलपछि भोगाधिकार रहने गरी जग्गा दिने सहमति भएको छ । अहिले उक्त क्षेत्रमा तारबारको काम ७० प्रतिशत सकिएको छ ।

प्रस्तावित मयूरधाप औद्योगिक क्षेत्रको अनुमानित निर्माण लागत सात अर्ब २३ करोड रुपियाँ रहेको जनाइएको छ । यसमा ६२ वटा औद्योगिक प्लट रहने छन् । दुग्ध उत्पादन, पेन्ट्स उद्योग, पाइप, काष्ठजन्य, टेक्सटाइल, स्टिललगायतका मध्यम र ठूला उद्योग स्थापना हुनेछ । जुन स्वदेशी लगानीमा निर्माण हुुनेछ । मयूरधाम औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि १४ हजार जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

मोतीपुर ः डीपीआर तयार, ईआईए स्वीकृत हुन बाँकी
रुपन्देहीको मोतीपुरमा निर्माण गर्न लागिएको लुम्बिनी प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको काम सुस्त गतिमा अगाडि बढेको छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआर तयार भए पनि ईआईए स्वीकृत हुन सकेको छैन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका र तिनाउ नदी किनारमा स्थापना गरिने मोतीपुर औद्योगिक क्षेत्रको लागत १२ अर्ब रुपियाँ रहेको छ । ८१३ बिघा क्षेत्रफलमा यो औद्योगिक क्षेत्र बन्नेछ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले कोभिडका कारण निर्माण प्रक्रियामा ढिलाइ भएको भन्दै अब ईआईए स्वीकृत हुनासाथ काम अगाडि बढ्ने जानकारी दिए । “ईआईए स्वीकृत हुने अवस्थामा छ, स्वीकृत भएपछि कामले गति लिन्छ,” बस्नेतले भने ।

उनले बस्तीको व्यवस्थापन, प्रशासनिक संरचना निर्माण, नदी तटीय क्षेत्रको जग्गा व्यवस्थापन, बाटो, पानी, बिजुलीलगायत पूर्वाधार निर्माणको काम अब एकैसाथ अगाडि बढ्ने बताए । औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि ५२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । मोतीपुर औद्योगिक क्षेत्र विदेशी लगानीमा निर्माण गरिने भएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि चार सयभन्दा बढी उद्योगीले आशयपत्र पेस गरेका छन् ।

नौबस्ता ः बस्ती व्यवस्थापनमा समस्या
बाँके नौबस्ताको पूर्व क्षेत्रको ३३८ विघामा नौबस्ता औद्योगिक क्षेत्र स्थापना हुनेछ । २०७२ सालमै बाँकेको वैजनाथ गाउँपालिका–३, नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्ने भनिए पनि प्रस्तावित स्थानमा भएको बस्ती व्यवस्थापन हुन नसक्दा अझैसम्म निर्माण सुरु हुन सकेको छैन । जग्गाको स्वामित्व ग्रहण, डीपीआर निर्माण र ईआईएको काम सम्पन्न भएको छ ।

“६० लाख रुपियाँमा औद्योगिक क्षेत्रको तारबार गरिएको छ तर बस्ती व्यवस्थापन गर्न नसक्दा २५९ घरधुरी खाली गर्न बाँकी रहेकाले अरू काम भएको छैन,” नौबस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुनले भने , “झन्डै तीन सय परिवारलाई भने हटाइएको छ । ”

निर्माणका लागि पटकपटक प्रयास हुँदा पनि अवरोध भइरहेको हुँदा सुरक्षाकर्मी लगाएर निर्माण कार्य गर्ने तयारी भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । यो औद्योगिक क्षेत्र निर्माणका लागि चालू आर्थिक वर्षमा ६१ करोड रुपियाँ विनियोजन भएको छ ।

१११ वटा प्लट रहने यो औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण लागत नौ अर्ब रुपियाँ रहेको छ । २२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।
यसअघि औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्न १२२ उद्योगले नाम दर्ता गराएको परियोजना कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार प्लास्टिक उद्योग, प्लाइउड, पानी, स्टिल एन्ड आइरन, तेल तथा जुस प्याकेजिङजस्ता कम्पनीले आशयपत्र दर्ता गराएका छन् ।

दैजीछेला ः चालू आवबाटै निर्माण सुरु हुने
२०५२ सालदेखि नै चर्चामा रहेको कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र अब भने स्थापना हुने टुङ्गो भएको छ । यो कञ्चनपुर वेदकोट नगरपालिका–२ र ३ मा बन्नेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता तथा सहसचिव डा. नारायणप्रसाद रेग्मीले सबै तयारी भइसकेको जानकारी दिँदै भने , “अब कुनै रोकावट छैन, समय मिलाएर सुरु गरिन्छ । ” यो औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु गर्न चालू आर्थिक वर्षमा ५० करोड रुपियाँ विनियोजन भएको छ । सुरुमा नौ सय बिघामा बन्ने भनिए पनि चुरे क्षेत्र र बस्तीका कारण अब भने ३५० बिघामा मात्रै औद्योगिक क्षेत्र निर्माण हुने भएको छ ।

यो औद्योगिक क्षेत्रमा साना ठूला १२४ वटा उद्योग स्थापना गर्न सकिन्छ तर २६० वटा आवेदन परिसकेको छ । कृषि, खनिज, वन, जडीबुटी, विद्युत्जन्य उद्योग स्थापना गरिने यो औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालन हुँदा ५७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने जनाइएको छ । वेदकोट उद्योग वाणिज्य सङ्घका महासचिव रामचन्द्र रेग्मी र कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले औद्योगिक क्षेत्र स्थापना भए रोजगारीका लागि बाहिरिनुपर्ने यस क्षेत्रका युवाको बाध्यता हट्ने आशा व्यक्त गरे। गोरखापत्र दैनिकमा खबर छ ।
 

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x