×

जीतलाई निरन्तरता दिने जर्मनीको लक्ष्य, १९९२ को नतिजा दोहोर्‍याउने सुरमा डेनमार्क

काठमाडाैं | असार १५, २०८१

युरोकप फूटबल प्रतियोगिताअन्तर्गत आज (शनिवार) राति हुने दोस्रो प्रिक्वार्टरफाइनल खेलमा आयोजक जर्मनी र डेनमार्क भिड्दैछन् । यो खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे डर्टमुन्डमा शुरू हुनेछ ।

घरेलु टोली जर्मनी समूह ‘ए’को विजेता को रुपमा अन्तिम १६ मा पुगेको हो । जर्मनीले स्कटल्यान्डविरुद्ध ५–१ गोल अन्तरको फराकिलो जीत निकाल्दा हंगेरीलाई २–० ले पराजित गर्यो । तेस्रो खेलमा भने जर्मनी स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।


Advertisment

उता डेनमार्क समूह ‘सी’को उपविजेता हो । डेनमार्क इंग्ल्यान्ड, स्लोभेनिया र सर्बिया गरी तीनवटै टोलीसँग बराबरी खेल्दै समूहमा दोस्रो भएको थियो । 


Advertisment

विगत हेर्दा जर्मनी डेनमार्कमाथि हाबी देखिन्छ । आपसमा चीरपरिचित प्रतिस्पर्धी रहेका यी दुई टोलीले हालसम्म सबैखाले प्रतियोगितामा गरेर कूल २८ पटक एकअर्काविरुद्ध खेलेका छन् । विगतमा भएका २८ खेलमा जर्मनीले डेनमार्कलाई १५ खेलमा हराएको छ । यस्तै डेनमार्कले जर्मनीलाई ८ खेलमा पराजित गरेको छ । बाँकी ५ खेल भने बराबरीमा सकिएका छन् । यो तथ्यांकले पनि डेनमार्कका लागि जर्मनी कठिन प्रतिस्पर्धी हो भन्ने देखाउँछ । 

तर सन् १९९२ मा जर्मनीलाई नै फाइनलमा हराएर डेनमार्कले युरोकपको पहिलो र एकमात्र उपाधि जितेको थियो । यसर्थ उ आज त्यही नतिजा दोहोर्याएर जर्मनीलाई घरमै स्तब्ध बनाउन चाहन्छ ।

यता तीन पटकको विजेता जर्मनी घरेलु मैदानमा आफ्नो लय कायमै राख्न चाहन्छ । यसअघि २०१२ मा भएको युरोकपको समूह चरणको खेलमा जर्मनीले डेनमार्कलाई हराएको थियो । उ आज सोही नतिजा दोहोर्याउन चाहन्छ । फूटबल पण्डितहरूले पनि आज जर्मनीले नै जीत निकाल्ने सम्भावना रहेको अनुमान गरेका छन् ।  

आज रातिदेखि शुरू हुने युरोकपको नकआउट चरणअन्तर्गत पहिलो खेल नेपाली समयअनुसार ९ः४५ बजे इटाली र स्विट्जरल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल बर्लिनमा हुँदैछ । इटाली समूह ‘बी’को र स्विट्जरल्यान्ड समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका हुन् ।

यी दुईबीच हालसम्म ६१ खेल भएको छ । जसमा इटाली हाबी छ । उसले २९ खेलमा जीत निकालेको छ । यस्तै स्विट्जरल्यान्डले २४ खेल जितेको छ । दुई टोलीबीच सात पटक बराबरी भएको छ ।

आज पनि स्विट्जरल्यान्डमाथि इटालीले जीत निकाल्ने सम्भावना बढी रहेको फूटबल पण्डितहरूले अनुमान गरेका छन् । यसर्थ साविक विजेता इटाली आज स्विट्जरल्यान्डलाई हराएर क्वार्टरफाइनलमा जान चाहन्छ ।

अर्कोतिर स्विट्जरल्यान्ड पनि ठूला टोलीलाई हराउने विगतको आफ्नो परम्परा दोहोर्याउन चाहन्छ । गत संस्करणको युरोकपमा स्विट्जरल्यान्डले तत्कालीन विश्वविजेता फ्रान्सलाई हराएर अन्तिम १६ बाटै घर फर्काएको थियो । यसर्थ उ आज राति पनि ‘सरप्राइज’ नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ ।  


 

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x