×

NMB BANK
NIC ASIA

सरकार संविधानको मूल्य र मान्यता अनुसार अगाडि बढ्छ : नेम्वाङ

चैत ६, २०७७

NTC
Premier Steels

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मूल्य र मान्यता बमोजिम अगाडि बढ्ने बताएका छन् ।

Muktinath Bank

शुक्रवारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मूल्य र मान्यता बमोजिम अगाडि बढ्नका लागि दृढ रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै उनले समर्थन फिर्ता लिएपछि पनि सरकार संविधान बमोजिम नै अगाडि बढ्ने टिप्पणी गरे ।


Advertisment
Nabil box
Kumari

‘अहिले सरकार जुन आधारमा उभिएको छ । त्यो आधार अहिले विभाजित भएको छ तर विभाजन पश्चातको जुन दल छ, त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन । त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुँदैन, तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ र सरकार रहन्छ । जुन दिन विश्वासको मत फिर्ता हुन्छ, त्यसपछि सरकार संविधान बमोजिम अगाडि बढ्छ । अहिलेको सरकार प्रधानमन्त्री केपी ओली संविधान बमोजिम स्थापित मूल्य र मान्यता बमोजिम अगाडि बढ्नको लागि दृढ हुनुहुन्छ ।’

Vianet communication

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले केपी ओलीको विकल्पको लागि नेपाली कांग्रेसभित्र एकमत रहेको बताए । सत्ता समीकरणका लागि जनता समाजवादी पार्टीको भूमिका महत्त्वपूर्ण हुने भएकाले जसपा कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार भए नेपाली कांग्रेस तयार रहेको प्रतिक्रिया दिए ।

‘जसपाको निर्णय महत्त्वपूर्ण छ । उहाँहरू जुन बेला कांग्रेस नेतृत्वको सरकार बनाउन तयार हुनुहुन्छ हामी तयार छौं । अबको परिस्थितिलाई व्यवस्थापन गरेर मुलुकलाई अगाडि लिएर जाने काम नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव छ,’ उनले भने ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरू रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई समर्थन गर्ने बताए । ‘जसले हाम्रो मागलाई सम्बोधन गर्छ । जसले हाम्रो बन्दी रिहाइ गर्छ । मुद्दा फिर्ता गर्छ । संविधान संशोधन गर्छ हामी त्यसलाई समर्थन गर्छौं त्योबाहेक हाम्रो कुनै एजेण्डा छैन,’ उनले भने ।

नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हिजो संविधान संशोधनको प्रस्ताव ल्याउँदा त्यसको विरोध कसले गर्‍यो, त्यसको विपक्षमा को उभियो, यो कुरो यति चाँडै बिर्सिने जसपाका नेताहरूले ? जसपाका नेताहरूले त्यो बिर्सेको बहाना गर्नुहुन्छ भने दीर्घकालीन राजनीतिमा त्यसको हिसाबकिताब स्वाभाविक रूपमा राम्रो हुँदैन । हामीलाई के विश्वास छ भने जसपा यदि परिवर्तनको पक्षमा छ भने जसपाले प्रतिगमनतिर देशलाई लैजान खोज्ने प्रधानमन्त्रीलाई समर्थन गरेर आफ्नो बाँकी राजनीतिको हत्या आफैं गर्ने छैन ।’

सांसद कार्कीले जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने पनि बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x