×

एमसीसीका केही प्रावधान आपत्तिजनक छन्, यथास्थितिमा पास गर्न सकिन्न- माधव नेपाल

फागुन १३, २०७८

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताएका छन् । 

शुक्रवार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरू कायमै रहेको बताएका हुन् । 


Advertisment

एमसीसी सम्झौताका कतिपय प्रावधान आपत्तिजनक रहेको भन्दै उनले आफूहरूले ती प्रावधानहरूलाई सच्याउन बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गरे । अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले पनि यसप्रति अझ बढी आशंका बढाएको तर्क गरे । 


Advertisment

एमसीसी सम्झौताका केही प्रावधानहरू परिवर्तन गर्ने सम्बन्धमा अझै पनि छलफल चलिरहेको उनले बताए । 

‘नेकपा हुँदा नै कार्यदल बनेर अध्ययन गरेको थियो, अध्ययनका केही विषय अगाडि सारिएका थिए । त्यसको अझै सटिक जवाफ आएको छैन,’ उनले भने, ‘अमेरिकाले केही प्रष्ट पार्न खोजेका कुराहरू भए तापनि कतिपय कुराले कन्फ्युजन पैदा गर्‍यो । अमेरिकीहरूका केही अभिव्यक्ति, नेपाललाई दबाब दिने टाइपबाट, धम्की दिने टाइपका शब्दहरू प्रयोग भए, यसले झन् आशंका बढाइदियो ।’

अध्यक्ष नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धन र सुरक्षा रणनीतिको अंगको रुपमा समावेश गर्न नदिने बताए । उनले छिमेकी देशहरूको सुरक्षामा असर पर्ने काम नेपालको भूमिबाट हुन नदिने पनि बताए । 

उनले संसदमा टेबुल गरिएको एमसीसीको सम्बन्धमा नेपालले कसैको दबाबबाट प्रभावित नभई स्वतन्त्र ढंगले निर्णय लिनुपर्ने बताए । 

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x