×

डाँडामा लुकेको चुलिबोझा मगर होमस्टे [तस्वीरहरू]

काठमाडाैं | जेठ १२, २०८१

पूर्वी नवलपरासी (नवलपुर)को उत्तरी भेगमा पर्ने ग्रामिण पालिकामध्ये बुलिङ्टार गाउँपालिका पनि पर्छ । नेपालमा नै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत श्रृङ्खलाअन्तर्गत समुन्द्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाउँमा मगर जातिको बाहुल्यता छ । सुन्दर र शान्त गाउँमा घर बास (होमस्टे)को सञ्चालन २०७३ सालदेखि शुरू गरिएको हो ।

null


Advertisment

गाँउकै नाम र मगर समुदायलाई जोडेर 'चुलीबोझा मगर सामुदायिक होमस्टे 'नाम दिइएको छ । पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दुरीमा उत्तरतर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ ।


Advertisment

बुलिङटार गाउँपालिका-४ मा अवस्थित छ चुली बोझा सामुदायिक मगर होमस्टे । मगर होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ । होमस्टेअन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू छन् । होमस्टेमा तीन बटा हल कोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।

जिल्लाभित्र र नजिकका छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटकहरू बास बस्न र रमाइलो गर्न आउने गरेको गरेको होमस्टे सञ्चालक हेमलाल बरालले बताए । 

जिल्लाकै अग्लो डाँडा देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक, तराईबाट गर्मी छल्न र होमस्टेमा बास बस्न आउने गरेका छन् ।

null

चुलीबोझामै उत्पादन भएको कोदो, मकै, फापरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो , सुन्तला, केरा, तरुल, पिडालु, भट्ट, गहतलगायत गेडागुडीको परिकारको स्वाद लिन पनि बजारमा बसोबास गर्नेहरू होमस्टेमा आउने गर्छन् । 

null

मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच, झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ ।

null

null

null

null

null

null

null

तस्वीर: नेपाल फोटो लाइब्रेरी/मनिष अर्याल

जेठ २, २०८१

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै उनका समर्थकहरूले खुसी साटेका छन् । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं...

जेठ १६, २०८१

मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन शुरू गरिएको छ । बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे कारबाहीमा परेका चालकलाई सडकमा स्वयंसे...

जेठ १३, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधि सभा बैठक अगाडि बढेको छ । ​बैठकमा सांसदहरूबीच धकेलाधकेलसमेत भएको थियो । प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै ...

जेठ ६, २०८१

​सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसङ्घले प्रदर्शन गरेको छ । दलहरूबीच समिति गठनलाई लिएर विवाद भइरहेको बेला नेविसङ्घले आइतबार माइतीघ...

जेठ १३, २०८१

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरबाट विरोध र्‍यालीसहित कांग्रे...

जेठ १५, २०८१

आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो संविधान स...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x