×

NMB BANK
NIC ASIA

बुद्ध एयरको आकस्मिक अवतरण

विमानले आकाशमा फन्को लगाउँदा यात्रुले भने- ढोका खोल्दिनुस्, हामफालेर भए पनि जीवन बचाउँछौं

असोज ११, २०७८

NTC
Premier Steels

मोरङ बेलबारी-२ का भवानी रिजाल काम विशेषले काठमाडौं गएका थिए । काम सकेर आज उनी बुद्ध एयरको फ्लाइटबाट घर फर्कन लागेका थिए । 

Muktinath Bank

तर, विराटनगर आए पनि जहाज भने ल्याण्ड भएन । ल्याण्ड गर्ने प्रयास गरे पनि जहाज फेरि काठमाडौं फर्कियो । केहीबेर आकाशमै घुमिरह्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एयर होस्टेसले नआत्तिन आग्रह गरिराखेका थिए तर हामी भने एकदमै आत्तिएका थियौँ,’ उनले भने, ‘कोहीले त ढोका खोल्दिनुस् हामी हामफालेर भए पनि ज्यान जोगाउँछौं भन्दै कराए ।’​


Advertisment
Nabil box
Kumari

Vianet communication

जहाजमै रहेकी कविता अधिकारीलाई पनि आज बाँच्छु जस्तो लागेको थिएन । आफ्नो भन्दा बढी चिन्ता आफ्नो बच्चाको लागेको उनले बताइन् । ‘काठमाडौं घरबाट दमक माइत जान छोराछोरीसहित आएको हुँ,’ उनले भनिन्, ‘आज बाँच्छु जस्तो लागेको थिएन, धन्य अहिले नै मर्न जुरेको रहेनछ ।’ 

प्रदेश १ का आर्थिक मामिला मन्त्रालयका कर्मचारी गोविन्द आचार्य पनि सोही जहाजमा थिए । 

‘बिहान ८ः०५ मा उडेको जहाज करीब ९ बजेतिर विराटनगर पुग्न लाग्दा जहाज ल्यान्ड हुन नसकेको कुरा थाहा पायौँ,’ उनले भने, ‘काठमाडौंमा धेरैबेर आकाशमा होल्ड हुँदा धेरैको रुवाबासी चलेको थियो, हामीले केहीलाई सम्झायौँ पनि ।’​


सुन्दरहरैँचा–१२ का हिमेश काफ्लेले यात्रा एकदमै त्रासदीपूर्ण रहेको बताए । ‘काठमाडौं पुग्दासम्म पनि एयर होस्टेसले केही भएको छैन, सामान्य समस्या हो नआत्तिनुस् भनेर ढाडस दिइरहेका थिए,’ उनले भने, ‘तर त्रिभुवन विमानस्थलमा प्रहरी, दमकल देख्दा अब चाहिँ नबाँचिने रहेछ भन्ने लागेको थियो ।’

एयर होस्टेसले पनि अन्तिम समयमा मात्रै घटनाबारे साँचो जानकारी दिएको उनको भनाइ छ। 

चालक दलका सदस्यले सफलतापूर्वक अवतरण गराएपछि भने आफूहरूले नयाँ जीवन पाएको महसुस भएको यात्रुहरूले बताए । ​


विराटनगर विमानस्थल प्रमुख उत्सवराज खरेल पाइलटको सावधानीका कारण जहाज दुर्घटना हुनबाट बचेको बताउँछन् । उनका अनुसार चक्का नखुलेपछि काठमाडौं जान पाइलटले अनुमति मागेका थिए । ‘हामी पनि फोर्स ल्यान्डिङ गर्ने तयारी अवस्थामा थियौँ, दमकललगायत आवश्यक सामग्री तयारी अवस्थामा राखेका थियौं ।’ 


जहाजको गियर (चक्का) खुलेको र लक पनि भएको कुरा ड्यासबोर्डमा इन्डिकेट गर्ने इन्डिकेटरमा बत्ती नबल्दा जहाज अवतरण हुन सकिरहेको थिएन ।

काठमाडौंमा सफल अवतरण गरिएपछि विमानमा सवार ७३ यात्रु र चालक दलका ४ सदस्यको ज्यान जोगिएको छ।


hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x