×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी

भोजपुरको चुनावी भिडन्त– भुपू र वर्तमान मुख्यमन्त्रीको जिल्लामा कसको सम्भावना कति ?

साउन १३, २०७९

NTC
Premier Steels

प्रदेश नम्बर १ मा मोरङ जिल्लापछि भोजपुर राजनीतिक चर्चामा रहन्छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि भोजपुरलाई चासोका साथ हेरिएको छ ।

Muktinath Bank

२०७४ सालको निर्वाचनमा प्रदेशसभामा जितेका शेरधन राई र राजेन्द्र राई दुवै जना मुख्यमन्त्री बने । प्रतिनिधि सभामा माओवादी केन्द्रका सुदन किराँतीले जितेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चुनावमा भोजपुरमा प्रतिनिधिसभा र प्रदेश सभामा कांग्रेसले हार व्यहोर्नुपरेको थियो । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।


Advertisment
Nabil box
Kumari

गठबन्धन हुँदा प्रतिनिधिसभा र प्रदेश सभामै कांग्रेस कमजोर बनेको थियो । 

Vianet communication

आगामी प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन बन्दा कसले टिकट पाउने भनेर समस्या देखिएको छ भने एमालेले पूर्व मुख्यमन्त्री शेरधन राईलाई उम्मेदवार बनाउने लगभग पक्का जस्तै छ ।

‘एकपटक मुख्यमन्त्री भएका राई प्रदेशमा उठेर मुख्यमन्त्री बन्ने सम्भावना कम रहेकाले प्रदेश सांसद मात्रै हुनका लागि उहाँ आउनुहुन्न,’ एमालेका केन्द्रीय स्तरका एक नेताले भने, ‘उहाँ अब केन्द्रतिर नै उठ्नुहुन्छ ।’ गठबन्धन भए निकै ठूलो मेहनत गर्नुपर्ने भएकाले पनि राई अहिले पर्ख र हेरको अवस्थामा छन् । 

१ नम्बर प्रदेशको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरधनलाई भन्दा हिक्मतकुमार कार्कीलाई विश्वास गर्न थालेकाले पनि अब प्रदेशभन्दा केन्द्रतिर नै बल गर्ने सम्भावना बढी देखिने एमालेकै नेताले बताउने गरेको छन् । कार्की ओलीको गृहजिल्ला झापाकै हुन् । राई मुख्यमन्त्री हुँदा कार्की १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

नेकपामा विवाद उग्र हुँदा राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई हटाएका थिए । त्यसबेला कार्कीले आर्थिक मामिला मन्त्री हुन खोजेका थिए तर राईले अरुलाई नै मन्त्री बनाएपछि उनीहरूबीच सम्बन्धमा खटपट आएको थियो । नयाँ मन्त्रीको शपथ ग्रहणमा समेत कार्की उपस्थित भएका थिएनन् ।

बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई पनि भोजपुरबाट नै चुनाव लड्ने तयारीमा छन् । उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव पनि हुन् । २०७४ सालको निर्वाचनमै उनी प्रतिनिधि सभामा उठ्न चाहन्थे तर गठबन्धन हुँदा भोजपुर माओवादीको भागमा परेको थियो ।

संघको टिकट नपाएपछि प्रदेशमा नउठ्ने अडान उनले लिएका थिए । राजेन्द्र राई नउठ्दा प्रतिनिधिसभा र अर्काे क्षेत्रबाट उठेका शेरधनलाई समेत धक्का पुग्ने आकलन गरेर मन्त्री बनाउने आश्वासन दिइएको थियो तर उनलाई मन्त्री त के संसदीय समितिको सभापति समेत बनाइएन । 

नेता माधव नेपाल निकट राजेन्द्र प्रदेश सभामा आफ्नै पार्टीको कडा आलोचना गर्ने भए पनि अन्य गतिविधिमा उनी गुमनामै रहे । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साबिकको नेकपा विभाजित बन्न पुग्यो । त्यसपछि राजेन्द्रको राजनीतिक सक्रियता ह्वात्तै बढेको थियो ।

फागुन २३ गते सर्वाेच्च अदालतले नेकपाको एकता प्रक्रिया भंग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रधानमन्त्री ओलीले २०७८ जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरे । त्यसपछि देशको राजनीतिले नै नयाँ मोड लियो । फागुन २८ गते भएको प्रतिनिधिसभा पुनःस्थापनापछि एमालेले सातै प्रदेशबाट सरकारको नेतृत्व छाड्नुपर्ने परिस्थिति बन्यो र सबै प्रदेशबाट एमालेले सत्ताबाट हात धुनुपर्‍यो ।

राजनीतिक घटनाक्रम उतारचढाव हुँदा सोच्दै नसोचेका राजेन्द्र मुख्यमन्त्री बने । उनले अब प्रदेशमा नउठ्ने बताइसकेका छन् । उनी प्रतिनिधि सभामै उठ्ने तयारीमा छन् । गठबन्धन हुँदा उनले टिकट पाउँछन् कि पाउँदैनन् भन्ने हेर्न बाँकी छ । 

बहालवाला प्रतिनिधिसभा सदस्य सुदन किरात ह्याट्रिक गर्ने तयारीमा छन् । गठबन्धन हुँदा माओवादीले जितेका क्षेत्र माओवादीलाई छाड्नुपर्ने अडान पार्टीले लिएका कारण पनि उनको सम्भावना बलियो रहेको अनुमान गरिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका थिए । २०७० सालमा उनले पराजय भोग्नुपरेको थियो । २०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा विजयी बनेका थिए । 

कांग्रेसले गठबन्धन भए पनि प्रतिनिधिसभा नछाड्ने अडान लिएको छ । गत निर्वाचनमा उम्मेदवार बनेका उमेशजंग रायमाझी अहिले पनि चुनावी मैदानमा उत्रिने तयारी छन् भने जिल्ला सभापति विनोद बान्तवा पनि टिकटको लाइनमा छन् । केन्द्रमा चुनावसम्म नै गठबन्धन बने कांग्रेसले प्रदेशसभामा चित्त बुझाउनुपर्ने कांग्रेसका केही नेताहरू बताउँछन् । एमाले फुटेको र माओवादी केन्द्रको संगठन कमजोर बनेकाले त्यसको फाइदा उठाउने तयारीमा कांग्रेस छ । 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको गृहजिल्ला भोजपुर भएकाले उनले आफूलाई सुनसरीमा सुरक्षित गर्नका लागि गठबन्धनमा अन्य पार्टीलाई छाड्ने सम्भावना रहेको आकलन कांग्रेसभित्र गर्न थालिएको छ । कार्कीको किराँतीसँग भन्दा राजेन्द्रसँग राम्रो सम्बन्ध छ । 

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x