×

NMB BANK
NIC ASIA

काठमाडौंबाट टर्किस एयरबाट टर्कीको ईस्तानबुल हुँदै युरोपेली मुलुक बेल्जियम आइपुग्ने क्रममा मेरो मनमा जम्मा २ वटा चाहना प्रगाढ थिए ।
पहिलो, स्विजरल्यान्डको जेनेभादेखि जुरिकसम्म रेलमा यात्रा गर्ने । रेलको झ्यालबाट डाडाँपाखा, हिमाल,  घोडा चरन गरिरहेका फाँटका मनोरम दृश्यहरू हेर्ने । 

Muktinath Bank

दोस्रो, फ्रान्सको पेरिसमा रहेको आइफल टावरको टुप्पोमा पुगेर पेरिस शहरको रमझम नियाल्ने । सम्झनाका प्रतिबिम्बका लागि दूरबिनमा आँखा जोडेर १–२ तस्वीर खिच्ने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूलाई मैले निकै शौभाग्यशाली मान्नुपर्छ । किनकि मैले यी दुवै चाहनालाई पूरा गरें । निकै नजिकबाट अनुभूति गरें । 


Advertisment
Nabil box
Kumari

कुनै दिन पोखरामा ट्रक देख्दा त्यसै–त्यसै रमाउने मैले स्विजरल्यान्ड र पेरिस शहर आफ्नै आँखै अगाडि देख्न पाएको थिए ।

Vianet communication

मेरो साथमा अर्का मित्र पनि आएका थिए नेपालबाट । उनी सरकारी जागिरे थिए । उनी पनि म जस्तै घुम्नकै लागि पहिलो पटक युरोपको यात्रामा थिए ।

युरोप घुम्दा पक्कै पनि उनका पनि मेरा जस्तै चाहनाहरू थिए । तर एउटा चाहना भने फरक थियो उनको । उनलाई थाहा थियो यौनबजारका विश्वका १० वटा चर्चित देशमध्ये नेदरल्यान्ड एक हो । उनलाई नेदरल्यान्डको यौन बजार हेर्न मन लागेको रहेछ । हेर्ने मात्र होइन कि प्रयोगात्मक अनुभूति गर्ने ।

‘दिलनिशानी सर तपाईं यहाँ युरोप आइसकेपछि एक नयाँ अनुभव नलिइकन के जानु ? जाउँ हिड्नुहोस् न यसो खैरेनीहरू पाइने ठाउँतिर,’ उहाँले भन्नुभयो ।

पक्कै पनि मलाई यौन शहरबारे थाहा नहुने कुरा भएन । यसअघि थाइल्यान्डको भ्रमण गरिसकेको थिएँ । यौन बजारलाई टाढैबाट हेरेको मात्र थिएँ । पशुपतिनाथको कसम त्यस्तो नाजायज काम चाहिँ गरिनँ । म विवाहिता मान्छे कहाँ त्यस्तो गर्नु त ! 

थाइल्यान्ड पनि नेदरल्यान्ड जस्तै यौन व्यवसायको हबको रुपमा संसारभर स्थापित छ । वेश्यालयलाई कानूनी मान्यता नभए पनि सरकारले आंशिक नियमन गरेको छ । यहाँको पर्यटन व्यवसाय यौन पर्यटनमै निर्भर छ । थाइल्यान्डमा भेदनामी युद्धपछि यौन व्यवसाय शुरू भएको थियो । 

म यसपटक थाइल्यान्ड होइन, नेदरल्यान्डको यौन बजारमा पुग्ने चरणमा थिएँ । भनिन्छ युरोप यौनको मामिलामा उदार छ । विश्वका चर्चित यौन बजार र उपकरणहरू पनि युरोपमै छन् ।

त्यो दिन साँझ हामी बेल्जियमदेखि नेदरल्यान्डको यौन बजार नियाल्न हिँड्यौं । मेरो ध्यान धेरै अध्ययन भ्रमणको लागि मात्र थियो । कस्तो रहेछ हेरौं बुझौं भन्ने मात्र थियो । तर सरकारी जागिरे मित्रले खैरेनीसँग घटना नै घटाएर छाड्ने प्रतिबद्धता जनाएका थिए । सायद उनको यो जीवनभरको लक्ष्य हुनसक्छ । जोसुकैले जे भनोस्, आफ्नो लक्ष्य पूरा गर्नुपर्छ भन्ने मलाई लाग्छ । 

यसरी आवेग, चाहना र अनुभवका लागि हामी दोस्रो पटक नेदरल्यान्डको यात्रामा लाग्यौं । यसभन्दा अगाडि पनि नेदरल्यान्ड आएका त थियौं तर दिउँसो आमस्टरडम शहर घुम्नका लागि आएका थियौं । यसपटक भने रातको यात्रा थियो । उद्देश्य थियो, यौन बजारको भ्रमण । 

हामीलाई १ जना दाइ र केही सहयोगी मनहरूले त्यो यौन बजारसम्म पुर्‍याउने जिम्मा लिएका थिए । १ जना महिला पनि हुनुहुन्थ्यो साथमा । उहाँले यस्ता कुरालाई सामान्य लिन बारम्बार अनुरोध गर्नुहुन्थ्यो । आज संस्मरण लेखनबाट उहाँहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।

गाडी चलाइरहेका दाइले अचानक भन्नुभयो, ‘परार साल त्यो कलाकारलाई लगेर गएको मान्छे त २ घण्टासम्म पनि निस्किँदैन यार । खल्तीमा ५०० युरो बोकेका थिए, त्यो सबै चट पारेछन् ।’ त्यो कलाकारको नाम के हो थाहा भएन । तर चर्चित लोक दोहोरी गायक हुन् भन्ने कुरा बुझियो । 

सँगै यात्रामा रहेका अर्का दाईले भन्नुभयो, ‘अनि पोहोर साल होइन त के मन्त्री आउदाँ गएको । त्यो मन्त्री त अलमल पो परेछन् । कहाँबाट जाने हो भित्र भन्नुभयो, सबै देखाइदिए । जे होस् उहाँ त ३० मिनेटमै निस्किनुभयो । स्याँस्याँ र फ्याँफ्याँ गर्दै आउनुभएको थियो ।’

त्यो मन्त्रीको नाम पनि याद भएन । तर कांग्रेसको सरकारको पालाको कुरा रहेछ । मन्त्री काँग्रेसका थिए कि तत्कालीन माओवादीको थाहा भएन । तर मन्त्रीजी पनि यौन बजारको दर्शन गर्न पुगेका रहेछन् ।

हाँसो मजाक गर्दै त्यो दाइले थप्नुभयो, ‘यो दिलनिशानी भाइ सधै यार्सागुम्बाको कुरा गर्छ, मार्ने भयो ब्रदरले आज ।’ उहाँको यस्तो कुराले गलल हाँसोको भूकम्प नै आयो ।

‘कहाँ यार दाइ त्यस्तो कुरो, हैट ! म त जस्ट अनुभव गर्नका लागि मात्र हो । हेर्ने मात्र हो बाहिरबाट भित्र जान्न । कस्सम जान्न,’ मैले भने । 

गफ गर्दागर्दै हामी नेदरल्यान्डको यौन बजार आइपुग्यौं । गाडी पार्क गर्ने काम भयो । उहाँहरूले भन्नुभयो, ‘हामी तपाईंहरूलाई यहाँ कुरेर बस्छौ, तपाईहरू त्यहाँबाट छिर्नुहोस् अनि भित्र पूरै यौन बजार छ । केटीहरू त्यहीँ छन् । कुन मन पर्छ ? रोजेरभित्र जाने हो । यो पूरै रेड एरिया नै । फर्कने बेला हराउनुहोला मोबाइलमा जीपीएस हानेर यही आउनु, हामी कुरेर बस्ने कफी दोकानमा आउनुहोला ।’ 

हामीले ओके भन्यौं र सरकारी सरजी अनि म लाग्यौं यौन बजारको दर्शन गर्न । हामी पशुपतिनाथको मन्दिर गए जस्तै यहाँ मानिसहरूको भीड थियो । यौन बजारमा मानिसहरूले आफ्ना यौन चाहनालाई पूरा गर्न हिँडिरहेका थिए । महिला–पुरुष बराबरी हिँडिरहेका थिए । पुरुष यौनकर्मी पनि पाइन्छन् भन्ने सुनियो । दृश्य अवलोकनकै सन्दर्भ चलिरह्यो ।

अचानक सरजीले भन्नुभयो, ‘हेर्नु त सर खैरीनी क्या बबाल छ यार, कुरा गरौं कि कसो ?’

‘नो नो यार पहिले सबै घुमौं न, हामी बल्ल त आयौं नि पहिला यो पूरै बजार घुमौं । मलाई त लेख्नु पनि छ पछि यसका बारेमा । मलाई खासै त्यो ... रुचि छैन क्या ! तर ठिकै छ पहिला घुमौं न,’ मैले भने । 

‘हुँदैन यार पहिला यसो कुरा गरौं न, पछि त के हो के छिट्टै फर्किनुपर्छ, यहाँ कसैको भरोसा छैन, लुटपाट पनि हुनसक्छ,’ सरको धैर्यताको बाँध निकै कमजोर भइसकेको थियो । 

त्यहाँ लुटपाट हुने कुरा थिएन । प्रहरीहरू नै गाडी लिएर मजासँग ग्राहकको सुरक्षाका निम्ति बसिरहेका थिए । गाँजा फ्री भएर नै त होला युवायुवतीहरू गाँजाको तालमा लट्ठ थिए । नजिकै थिए संसारकै चर्चित क्यासिनो घरहरू । उता पनि मानिसहरूको उत्तिकै भीड थियो । कम्तिमा २० मिनेट जति हामी नेदरल्यान्डको यौन बजार घुम्यौं । 

मलाई अचम्म लाग्यो । समाजवादी देशहरू, मानवअधिकारको रक्षा भएका देशहरूमा पनि यौन भन्ने कुरा सामान्य कुरा रहेछ । अर्थात यौन त एउटा व्यापार रहेछ । जस्तो कि तरकारी, सागसब्जी बेचे जस्तै यौन बेचिने रहेछ । यो कुनै लुकीछिपी प्रहरी र सरकारको आँखा छलेर होइन कि सरकारलाई कर तिरेर लाइसेन्स लिएर प्रहरीको सुरक्षामा आफ्नो इच्छाका साथ युवतीहरू आफूलाई ग्राहकको पर्खाइमा राख्दा रहेछन् ।

मैले सरसर्ती नेपालका महिला अधिकारवादी नेताहरू सम्झें । उनीहरूको भाषण सम्झे । अनि यस्तो लाग्यो उनीहरूलाई यो दृश्य देख्दा कस्तो लाग्ला ? किनकि महिला र यौन यहाँ केवल वस्तु भएको थियो । महिला केवल बजारको उपभोग्य सामग्री जस्तो देखिन्थ्यो । 

यस्तो पनि हुने रहेछ उदेक लाग्यो । हुन त नेपालमा पनि यस्ता कामहरू नहुने होइनन् । तर खुला यौन बजारलाई कानूनले मान्यता दिएको छैन । 

हामी यौन बजारमै थियौं । सरजी निकै हतारको मुद्रामा देखिनुहुन्थ्यो । मैले भने, ‘स त नि सर अब तपाईंलाई कुन चै मनपर्छ । छिर्नुहोस्, जानुहोस्, काम तमाम सकेर आउनुहोस् ।’ उहाँले आफू खैरेनीबाहेक अरुको यौन ग्राहक नबन्ने कुरा पहिल्यै बताइसक्नुभएको थियो । 

किनकि त्यहाँ रसिया, ब्राजिल, फिलिपिन्स, थाइल्याण्ड, मलेसिया लगायतका अनुहारका युवतीहरू पनि देखिन्थे । खैरेनीहरू पनि थिए । अर्थात् गोरा छाला भएका युवतीहरू पनि थिए । 

नभन्दै सरजीले त खैरेनी युवतीलाई गिद्धेनजर लगाइसक्नुभएको रहेछ । मलाई सोध्नुभयो, ‘यो केटी कस्तो छ ?’ 

‘बबाल छ यार,’ मैले भने ।

युवती सारै सुन्दर थिइन् । उनले ब्रा र पेन्टीबाहेक अरु लगाएकी थिइनन् । शरीरका अंगहरू निकै आकर्षक थिए । आँखाको नानी निलो रंगको जस्तो थियो । केश कर्ली गरेको थियो । उचाइ पनि थियो होला ६ फिट जति । कम्मर छिनेको स्लिम थियो । कुनै हलिउड चलचित्रको नायिकाभन्दा कम देखिन्नथिन् ।

हाम्रा सरजी पनि कम थिएनन्, युरो टन्नै बोकेका थिए । मान्छे होचा–होचा भए पनि निकै फुर्तिला थिए । हेर्दा हेर्दै उनी खैरेनीको अँगालोमा बेरिन पुगे । 

अब पालो थियो मेरो । जोखाना हेरिररेको थिए । मनमा लागेको थियो, साला जीवनमा पहिलो पटक यौन बजारमा आएको छस्, केही सामान खरिद गर । मनमनै लड़ाइँ शुरू भयो । तैले जसरी नेपालमा दोकानमा गएर दहीदूध किनिस्, यसरी नै सोच यहाँ । फरक केही होइन, केवल वस्तु र त्यसको मूल्य र महत्त्व मात्र फरक हो ।

सरजी खैरेनीको अँगालोमा गएको ५ मिनेट भइसकेको थियो । तर मैले निर्णय गर्न सकेको थिएन । अन्ततः मैले पनि निर्णय गर्नैपर्ने भयो ।

पशुपतिनाथ भगवान्सँग माफी माग्दै युक्रेनी जस्ती देखिने युवतीलाई मैले भने, ‘हाउ आर यू बेबी’ ।

उनी मुसुक्क मुस्कुराइन् र भनिन्, ‘आर यू इन भेकेसन ?’ किनकि उनलाई लागेको हुन सक्छ बिदा मनाउन आउनेहरू रमाइलोका लागि म कहाँ आउने गर्छन् । उनले त्यो भोगेको पनि हुन सक्छ । मैलै ‘एस, एस, एस भेकेसन’ भनिदिए । 

बेल्जियमबाट आउने बेला दाइले भन्नुभएको थियो, पैसाको ख्याल गर्नु धेरैमा सय युरोभन्दा नदिनु । तर उनको सुन्दरता हेर्दा सय युरो त के १ लाख युरो भए नि सबै छरपस्ट हुने गरी उनको शरीरभरि फ्याके पनि घाटा पर्ने थिएन । 

उनी पनि कुनै हलिउडको नायिकाभन्दा कमी थिइनन् । निकै सुन्दर थिइन् । सुन्दर मानिसहरू किन यस्तो काम गर्छन् यहाँ ? सायद सुन्दर भएकै कारण यौन बजारको वस्तु भएका त होलान् नि ! मनमा फेरी बहस चल्यो । उनका हातखुट्टाहरू प्लास्टिक सर्जरी गरिए जस्ता निकै सफा अनि मुलायम देखिन्थे । 

मलाई यौनसँग कुनै आशक्ति थिएन । तर यौन बजारको भित्रि कथा म देख्न चाहन्थे । म भित्र छिरे । अनि सोधे, ‘होयर आर यू फ्रम ?’ उनले भनिन्, ‘युक्रेन’ । 

यौन बजारको एक यौन व्यवसायी युवती भए पनि उनी सवालजवाफ गर्न निकै मन पराउने खालकी रहिछन् । सायद मेरो रुचि बुझेर पनि होला । गाँजाको अनि मदिराको तालमा धेरै युवाहरू त्यहाँ जाने रहेछन् । तर म साधारण कोट पाइन्ट लगाएर गएको थिए । 

‘युक्रेन ! ओ भेरी ब्यूटीफुल कन्ट्री,’ मैले भने ।

पक्कै पनि कसलाई आफ्नो देश मन पर्दैन होला र ? उनी मुसुक्क मुस्कुराइन् र भनिन्, ‘एस, रियल्ली ब्यूटीफुल माई युक्रेन ।’ 

‘लेट्स गो टु डील,’ उनले भनिन् । मैले कुरो बुझिनँ । ‘ह्वाट डु यू मिन,’ मैले भने । उनले भनिन्, ‘ईफ यू वान किस मि अन नेक यू ह्याब टु पे मि मोर । यु ह्यब टु ए मोर मनी ... एड फिप्टी युरो ओके ?’

उनले किन यसो भनेकी थिइन् भने केवल यौनसम्पर्क गर्नका लागी मात्रै १०० युरो रेट रहेको पहिल्यै भनेकी थिइन् र त्यो यौनसम्पर्कमा ‘किस’को मूल्य जोडिएको थिएन । 

अब उनले आफ्नो शरीरका सबै अंग, अंगको मूल्य तोक्न थालिन् । म उनको शरीरका अंगको मूल्य सुनेर बडो रोचक मुद्रामा चिटिक्क परेको सफा सानो सोफामा बसिरहेको थिए । 

उनले भन्दै गइन्, ‘ओके, इफ यू वाना किस मि अल लिप्स जस्ट टेन युरो ओके । बट ओन्ली २ मिनेट । नथिङ मोर देन ड्याट ।’ म खिस्स हाँसे ।

उनले आफ्नो ओठमा किस गर्नका लागि मूल्य तोकेकी थिइन् । त्यतिसम्म त ठीकै थियो । त्यो किसको अवधि पनि तोकेकी थिइन् जम्मा २ मिनेट । मैले मनमनै सोचे, ‘हेर त पैसा । यता पनि पैसा, उता पनि पैसा । पैसा नै पैसा । हैट ! शरीरका अंग अंगमा पैसा !’

अब आफ्ना शरीरका कुन–कुन अंगका मूल्य कति तोक्ने हुन् भनेर म डराइरहेको थिएँ । रामरामराम भन्दा पनि लाजको मर्दो ! सुन्दा पनि लाज मर्दो । उनको स्तन छोएको मात्रै बिस युरो । त्यो पनि दुवै हातले छुन नपाइने । 

ल भयो । यौन बजारको तृष्णा मेटियो । यो १०० युरो छ तिमी आफैं राख भनेर म हिँड्न लागेको थिएँ, अचानक ती युक्रेनी नानीले च्याप्प मेरो छाती समाइन् र भनिन्, ‘ओके जेन्टल म्यान, यू लुक भेरी इनोसेन्ट । डु ब्याट ओभर यू वान्ट, गिभ मि जस्ट टु हन्ड्रेट युरो । डिल फिनिस्ट इन प्याकेज ।’

अन्ततः उनको शरीरका सबै अंगलाई छुन सक्ने अनुमतिसहित मैले २०० युरो दिए । मैले झूटा बोल्दिनँ, उनको स्तन मैले छोएँ । त्यो कुनै आकर्षण भएर छोएको होइन कि उनको स्तन रियल हो कि प्लास्टिक हो भनेर मलाई जान्नु थियो । यसो अनुभव गर्दा रियल नै जस्तो लाग्यो । 

उनीप्रति मेरो कुनै आकर्षण थिएन । बजारको यौनसँग आकर्षण हुने पनि भएन । यसअघि यस्ता अनुभव पनि थिएन । केवल विश्वमा प्रख्यात यौन राजधानी कस्तो हुने रहेछ भन्ने मात्र जानु थियो । 

अनि उनले बिस्तारै आफ्ना हर्कतहरू देखाउन थालिन् । उनको हाउभाउ, प्रस्तुती कुनै पोर्न चलचित्रको प्रख्यात पोर्नस्टारको जस्तो थियो । मैले भने, ‘प्लिज स्टप ...’

मलाई अनेकौ रोगब्याधिसँग जुध्नु थिएन । थाहा थियो नाथे कण्डम फुट्न पनि सक्छ । जे पनि हुनसक्छ । ‘आई डन्ट वाना सेक्स विथ यू, आई जस्ट वान सी यू,’ मैले भने ।

उनले मेरो कुरा बुझिन् र कफी पिउँछौ त उसो भए भनेर सोधिन् । कफीको १ सुर्पीसँगै उनले भनिन्, ‘तिम्रो गर्लफ्रेन्ड त सारै भाग्यमानी रहेछिन् । मलाई पनि तिमी जस्तै ब्वाइफ्रेण्ड चाहिएको छ । तर के संसारमा अझै यस्ता केटाहरू छन् र ?’ उनले हरेश खाँदै भनिन्, ‘एभ्रीबडी चिटर ...’

एक यौनकर्मी युवती अब भने मसँग एक आम साधारण युवती जस्तै खुलेर बोल्न थालिन् । केही मिनेट अगाडिसम्म उनले मलाई आफ्ना ग्राहकको रुपमा मात्र सोचेकी थिइन् । भन्न थालिन्, ‘ब्रदर ... माई ब्वाइफ्रेन्ड लिभ मि एलोन, आई ह्याभ वान चाइल्ड ... डटर ... आई एम् बिलकंस् फ्रम रिच फेमिली । बट आई कान्ट गो ब्याक युक्रेन विथ चाइल्ड । आई केम हियर एट अ स्टुडेन्ट ।’

उनको कुरा मलाई यस्तो लाग्यो कि यो रमझम शहरभित्र पीडा नै पीडा लुकेको छ । मात्र हामी त्यसलाई बुझ्न सकिरहेका हुदैनौं । संसारका सबै यौनकर्मीहरू ईच्छाभन्दा पनि बाध्यताले यस्तो कर्ममा लाग्न बाध्य हुन्छन् जस्तो लाग्यो ।  

तर उनलाई आफ्नो कामप्रति कुनै हिनताबोध थिएन । उनले भनेकी थिइन्, ‘इट्स जस्ट माई प्रोफेसन ।’ 

मैले सगरमाथाबारे बताएपछि उनले युक्रेनबारे बताइन् । युक्रेनका केटीहरू राम्रा हुने कुरा फेरि दोहोर्‍याइन् । संसारका धनीहरू बिहे गर्न युक्रेन जाने गरेको रहस्य उनले खुलाइन् ।

आफ्नो कर्मभूमि नेदरल्यान्डबारे पनि उनले आफूले जानेका कुरा शेयर गरिन् । आमस्टडम आफ्नो सौन्दर्यका लागि कम र सेक्स टुरिज्मका लागि ज्यादा प्रसिद्ध छ । उनले भनिन्, ‘यहाँको रेड लाइड डिस्ट्रिकमा निम्नदेखि उच्च क्लासका सेक्स वर्कस उपलब्ध हुन्छन् । यसका साथै यहाँ सेक्स शप, स्ट्रीप क्लब पनि उत्तिकै फेमश छन् । वेश्वावृत्ति कानूनी भएकाले यहाँ सुरक्षाको विशेष ख्याल राखिन्छ ।’ 

वेश्यालयलाई संसारको सबै देशले कानूनी मान्यता नदिए पनि संसारको पुरानो व्यवसाय पेशा ‘वर्ल्डस् वल्डेस्ट प्रोफेसन’को रुपमा अभ्यास भइरहेको उनको कथन थियो । कारण त्यहाँको लोकप्रिय सिनसिटी आमस्टडम संसारकै ठूलो यौन व्यवसायी शहरको रुपमा स्थापित भएको रहेछ । यौन व्यवसायीलाई कानूनी मान्यता पनि दिइएको छ र यसलाई नियमन पनि गरिएको रहेछ । आमस्टडमको ठूलो र लोकप्रिय जिल्ला हो, डि वालेन र यो ठाउँ अन्तर्राष्ट्रिय यौन व्यवसायको लागि प्रसिद्ध छ । 

नेदरल्यान्डको तलाउ किनारको एउटा रंगीचंगी कोठाभित्र युक्रेनी नानीको कुरा सुन्दासुन्दै १ घण्टा बितेको पनि पत्तै पाइएनछ । अलिक आत्मीयता बढेर होला बिदा हुने बेलामा उनले मेरो इमेल आईडी मागिन् । 

सरजी बाहिर चोकमा अगाडि नै पुगेर मलाई पर्खिएर बसेका रहेछन् । ‘कति समय लगाएको यार ? मलाई त आधा घण्टामै भयो त यार !’ सरजी मसँग रिसाउनुभयो । म खिस्स हाँसे । 

जीपीएसको सहारामा हामी पर्खिरहेका दाइहरू भएको कफीशपमा आयौं । गाडी चढ्यौं र बेल्जियम नै फिर्ता भयौं ।
 
अस्ति एउटा अपरिचित इमेल आईडीबाट इमेल आयो । लेखिएको थियो, ‘हे ब्रदर ! आई ह्याब केम युक्रेन । फलावर्स आर बलोमिङ अराउन्ड माई हाउस, आई थिंक यू आर ड्याट वान फ्लावर ...’

मैले उनलाई के भनेर इमेलको जवाफ फर्काउने होला, केही सोच्न सकिरहेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x