बैशाख १६, २०८१
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
भदौ १, २०७७
कोराेनाभाइरस (कोभिड- १९) महामारीका कारण अर्थतन्त्र शिथिल बनेको छ ।
अहिलेको यस्तो अर्थतन्त्रलाई माथि उकास्न, पुनरुत्थान गर्न सरकार, निजी क्षेत्र तथा नागरिक समाज सँगसँगै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।
विशेष गरी सरकारले महामारीले ग्रस्त अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उत्पादन बढाउने, सरकारी खर्च बढाउने र नीतिगत सुधार गर्ने जस्ता काम गर्नुपर्छ, यी तीन वटै कुराहरू सँगसँगै लान सकेमा कोभिड– १९ को महामारीले सिर्जना गरेको शिथिलताबाट मुक्ति पाउन सकिन्छ ।
सरकारले गर्नुपर्छ यी तीन काम :
१. उत्पादनमा वृद्धि
सर्वप्रथम सरकारले सम्भव भएसम्मका उत्पादन वृद्धि गर्न सहयोग पुग्ने सबै काम गर्नुपर्छ, उदाहरणका लागि अहिले खेतीपातीको समय छ । हाम्रो मूल बाली धान हो । यसको उत्पादन वृद्धि हुँदा हाम्रो अर्थतन्त्रमा झण्डै ९ प्रतिशत योगदान गर्छ । अहिले नै हाम्रो कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा १० प्रतिशत झण्डै ४ खर्बभन्दा बढी धान उत्पादन गर्छौं, तर अहिले बाली लगाउने बेलामा मल पाइएन भनेर किसान चिन्तित छन्, मल खरिद गर्ने निकाय सरकार हो । मल कम प्राप्त हुँदा उत्पादन कम भएमा आगामी मंसिरपछि खाद्य अभाव सिर्जना हुने, मूल्यवृद्धि हुने जस्ता अवस्था सिर्जना हुन्छ, यसो हुँदा महंगीको मार झन् बढाउँछ ।
अहिले यातायात क्षेत्र बन्द छ । अधिकतम् सुरक्षाका उपाय अवलम्बन गर्दै सरकारले यातायात क्षेत्र सञ्चालनमा ल्याउनु आवश्यक छ । कति महिनादेखि यातायात क्षेत्र बन्द हुँदा कतिको रोजगारी गुमेको छ । बसहरू चले भने रोजगारी सिर्जना हुन्छ । यो कुरा सरकारको प्रयाससँग जोडिन्छ । यसलाई चलाउनका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ ।
अहिले पर्यटन क्षेत्र निकै ग्रस्त छ । यसलाई पूर्ण खुलाउन त अहिले कठिन छ । सरकारले मात्रै गरेर पुग्दैन अन्तर्राष्ट्रिय समुदाय पनि विस्तारै यसमा लाग्नुपर्छ । तर होटल, रेष्टुरेन्टहरू केही मात्रामा भएपनि स्यानिटाइज गरेर, सुरक्षित बनाएर खोल्न सकिन्छ कि, सरकारको ध्यान त्यसतर्फ पनि जानुपर्छ ।
यस्ता केही काम गरेर उत्पादनका कामहरू सरकारको तर्फबाट हुनुपर्छ । कृषि उत्पादनका विभिन्न क्षेत्रहरू, यातायातका क्षेत्रहरू र उद्योगधन्दाका निश्चित क्षेत्रहरूमा उत्पादन कार्य नै बन्द हुने अवस्था बनाउनु हुँदैन ।
प्रतिकूल प्रभाव नपर्ने गरी, कोरोनाको महामारीका बीच सुरक्षाका उपाय अवलम्बन गर्दै उत्पादन बढाउनतर्फ सरकारको ध्यान जानुपर्छ, यसो भए मात्रै फूल फेजमा उत्पादन नभएपनि ५०/६० प्रतिशत मात्रै भएपनि समस्या कम हुन्छ । यसमा सरकारले कुन–कुन क्षेत्रमा यस्तो गर्न सकिन्छ , यो सुनिश्चित हुनुपर्छ ।
लकडाउनको शुरूमा पसलहरू बन्द थिए । अहिले सञ्चालनमा छन् । यो चल्दा धेरथोर बिक्री हुन्छ र आम्दानी हुन्छ । उपभोक्ताले पनि सुरक्षापूर्वक वस्तु खरिद गर्न पाउँछन् ।
२. सरकारी खर्चमा सुधार
यस्तै सरकारले सरकारी खर्च गर्ने प्रक्रियामा सुधार गर्नुपर्छ । यस्तो खर्चलाई समयमै सही ठाउँमा खर्च गर्न सरकार चुक्नु हुँदैन । बाटो बनाउन भनेर राखिएको पैसा, विभिन्न पूर्वाधार निर्माण गर्न पैसा राखिएको छ, यस्ता आयोजनालाई समयमै सक्नेगरी खर्च गर्नुपर्छ । समयमै ठेक्कापट्टा गरेर काम सबै समयमै सक्नुपर्छ, यसो हुँदा पैसा कामदारको हातमा जान्छ र उसले आफ्नो दैनिक खर्च गर्न पाउँछ ।
यसो हुँदा एकातिर समयमै पूर्वाधार निर्माण हुन जान्छ, यसले बजार विस्तार हुन्छ भने अर्कातिर सरकारले गरेको खर्च जनताको हातमा जान्छ र सो रकम उसको दैनिक वा आवश्यक खर्च गर्न पाउँछ । जसबाट बजारमा पैसाको प्रवाह हुन्छ र निस्क्रिय अर्थतन्त्रलाई गतिशिल बनाउँछ । यसकारण अधिकतम खर्च गर्न सरकारले आफ्ना संयन्त्रलाई चलायमान बनाउनुपर्छ ।
३. कानूनी तथा नीतिगत सुधार
सरकारले कानूनी सुधार, नीतिगत व्यवस्था, सुधार संशोधन लगायतमा आवश्यकता अनुरूप सरकारले व्यवस्था गर्नुपर्छ । कतिपय खरिदका ऐनहरू, निर्णय नभएर समयमै काम नहुने, मन्त्रालयले निर्णय नगरिदिने, प्रशासनिक झन्झट लगायत स्थितिको सुधार गरेमा सरकार आफैँले अवरोध सिर्जना गरेर काम नहुने विगतदेखिको प्रवृत्ति छ, यस्तो अवरोध हटाउने काममा सरकारले भूमिका खेल्नुपर्छ, यसो भएमा विभिन्न काममा निस्किएका अल्झनहरू चिर्दै काम गर्ने वातावरण बन्छ ।
यसका लागि सरकार, नागरिक समाज, व्यावसायिक क्षेत्र पनि सक्रिय हुने अवस्था आउँछन् । सबै क्षेत्रले यस क्षेत्रमा साथ दिनुपर्छ । निजी क्षेत्रले पनि काम नगर्ने तर आलोचना मात्रै गर्ने प्रवृत्ति हटाउन सक्नुपर्छ ।
निजी क्षेत्र कसरी अगाडि बढ्ने ?
अहिले म निजी क्षेत्रमा दुई किसिमका समस्याहरू देख्छु, एउटा समस्या भनेको उनीहरूले उत्पादन गरिरहेका छन् । उनीहरूको उत्पादनलाई कुनै बाधा अड्चन विना नै बजारमा बिक्री हुने वातावरण बनाउने सरकारको भूमिका चाहिन्छ । उनीहरूले आफ्नो उत्पादनको कार्यलाई निरन्तरता दिने गर्नुपर्छ ।
अहिले त निजी क्षेत्र आफैं उत्पादनका काम नगरी हात बाँधेर बसेको छ । बैंकमा प्रशस्त पैसा छ तर निजी क्षेत्र लिन जाँदैन । यो संकट टर्नेबित्तिकै अर्को स्थिति देखिन्छ, निजी क्षेत्र सबै पैसा माग्न आउने तर बैंकसँग पैसा नहुने, यसलाई सन्तुलित ढंगले निजी क्षेत्रले लैजान सक्नुपर्छ ।
अहिले त अवसर नै अवसर छ । काम कम भएको समयमा बैंकसँग पर्याप्त पैसा छ । यो मौकामा निजी व्यवसायीहरूले पूँजीको उपलब्धताको अवस्थालाई सदुपयोग गर्न सक्नुपर्छ । कोरोनाबाट हुन सक्ने जोखिमलाई कम गर्दै उद्योगहरूलाई निजी क्षेत्रले चलाउनुपर्छ ।
चल्न नसक्ने क्षेत्रहरू जस्तै होटलहरू अहिले चल्ने नसक्ने अवस्था छ । सरकारले अहिले पाँचतारे होटललाई मंसिरसम्म काम नै नभएपनि मजदूरहरूलाई १० हजार रुपैयाँ देऊ भनेको छ । अरूहरूको हकमा पनि त्यही अनुसारको पैसा देऊ भनेर शुरू गरेको छ, त्यो कुरा उसले पूरा पनि गर्नुपर्छ । यदि यस्तो भएन भने अहिले नै विद्रोह शुरू हुन्छ र सडकमा मानिस खडा हुन्छन् । अर्को तनाव फेरि सरकारको विरुद्धमा मानिस खडा हुन्छन् ।
त्यसपछिको हकमा सरकारले दीर्घकालीन रूपमा उद्योग चल्दै नचल्ने अवस्था आएमा कर्मचारी कटौती गर्ने व्यवस्था गरेको छ । भोलि उद्योग चलेमा पुरानै कर्मचारी ल्याएर काम गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसको पालना निजी क्षेत्रले गर्नुपर्छ ।
यस्तै निजी क्षेत्रले आफ्नो तर्फबाट पनि बजार खोज्ने, बजार विस्तार गर्ने, व्यापार बढाउन प्रयास गर्ने गर्नुपर्छ । राष्ट्र बैंक लगायतले उनीहरूलाई सुविधा दिएको छ, सुविधा लिने तर काम नगर्ने गर्नुहुँदैन । सुविधा पनि लिने, काम पनि गर्नेतर्फ निजी क्षेत्र अगाडि बढ्नुपर्छ । मलाई पुग्ने सम्पत्ति छ, भात खान पुगिहाल्छ, किन काम गर्ने ? भनेर बस्नुहुँदैन ।
मुनाफा उही दरमा लिन्छु भन्नुभन्दा पनि अहिलेको अवस्थामा मुनाफा कम नै भएपनि काम गर्छु भन्ने कुरालाई मनन् गर्दै निजी क्षेत्र अगाडि बढ्नुपर्छ ।
‘गोजीमा पैसा नराखौँ, आवश्यक मात्रामा उपभोग गरौं’
जनस्तरले कुनै न कुनै रूपमा उत्पादन गर्ने र कमाएको रकम आवश्यक मात्रामा खर्च गर्न प्रेरित हुनुपर्छ ।
कमाएको पैसा गोजीमा मात्रै राख्दा अर्थतन्त्र चलायमान हुन सक्दैन, यद्यपि उसले खर्च गर्ने भन्दैमा अनावश्यकतर्फ पनि जानु हुँदैन ।
अन्त्यमा, कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकार, निजी क्षेत्र र नागरिक समाज मिलेर जानुको विकल्प छैन । हामी कोभिड– १९ विरुद्ध एकजुट भएमा मात्रै यस रोगलाई परास्त गर्न सकिन्छ ।
(लोकान्तरकर्मी परिवर्तन देवकोटासँग गरेको कुराकानीमा आधारित ।)
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...